पाकिस्तानविरुद्धको टी २० सिरिज इंग्ल्याण्डको पोल्टामा

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०६
  • |
  • 519 पटक हेरिएको

पाकिस्तानविरुद्धको टी २० सिरिज इंग्ल्याण्डले जितेको छ । गयराति भएको तेस्रो तथा अन्तिम टी २०मा इंग्ल्याण्डले तीन विकेटको जित दर्ता गर्दै सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो । पाकिस्तानले पहिलो टी २० जितेको थियो भने दोस्रोमा इंग्ल्याण्डले बाजि मारेको थियो ।

पाकिस्तानले गयराति दिएको १५५ रनको लक्ष्य इंग्ल्याण्डले २ बल बाँकी छदा ७ विकेट गुमाएर पुरा गरेका थियो । इंग्ल्याण्डलाई जिताउनका जोशन रोयले अर्धशतकिय पारि खेल्दा डेभिड मलानले ३१ रन बनाएका थिए । रोयले ६४ रन बनाएका थिए ।

यसैगरी जोस बट्लर र इयोन मोगर्नले समान २१–२१ रन बनाए ।

इंग्ल्याण्डका मोहम्मद हफिजले तीन विकेट लिए ।

पहिला व्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । उसका लागि मोहम्मद रिजवाले ७४ रन बनाउँदा फकर जमानले २४ रनको योगदान गरे । हसन अलि १५ रनमा नटआउट रहेका थिए । इंग्ल्याण्डका आदिल रसिदले सर्वाधिक ४ विकेट लिएका थिए । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal