बार्सिलोनाबिरुद्ध रियल मड्रिड लिजेण्ड्स टिम ३-२ ले विजयी

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०६
  • |
  • 1147 पटक हेरिएको

हाइलाइट्स

  • यसभन्दा अघि २०१७ भएको खेलमा भने बार्सिलोेना लिजेण्ड्स टिमले रियल मड्रिड लिजेण्ड्सलाई ३-२ ले हराएको थियो 

मंगलबार इजरायलको ब्लुमफिल्ड स्डेडियममा सम्पन्न रियल मड्रिड लिजेण्ड्स भर्सेस  बार्सिलोना लिजेण्ड्सबिचको खेलमा रियल मड्रिड लिजेण्ड्स टिमले ३-२ को जित निकालेकोे छ । 


करिब २५ हजार दर्शकसामु भएको उक्त खेलमा विश्वका ठुला क्लब बार्सिलोना र रियल मड्रिडका ‘गोल्डेन एरा’ का खेलाडीहरुहको उपस्थिती रहेको थियो । 


खेलको २८ औं मिनेटमा बार्सिलोनाका जाभिएर स्याभिओलालई रियलका डिफेण्डर एन्टानियो नुनिजले लडाएपछि पेनल्टी दिइएको थियो ।

पेनल्टीमा ब्रजिलियन लिजेण्ड खेलाडी रोनाल्डिन्होले गोल  गर्दा बार्सिलोनाले शुरुवातीअग्रता लिएको थियो तर दोश्रो हाफकोे शुरुवातमा नै रियल मड्रिडका लागि पेड्रो म्युनिथिस रआल्फन्सो पेरेजले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

खेलको अन्तिम ३० मिनेट बाँकी छँदा बार्साका लागि जोफ्रे मेटेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए तर खेलको अन्तिमतिर रियल मड्रिडका रुबिन डे ला ले बार्सिलोेनाका डिफेन्डरमाथि उत्कृष्ट ड्रिबल देखाउँदै गोल गर्न सफल भए । जसका साथै नतिजा रियल मड्रिडको पक्षमा पर्न गयो । 


बार्सिलोनाको लिजेण्ड टिममा मरिएनो,मिक्वेल सोलेर,जोन एन्डोनी,ओस्कर अर्पोन,गाइज्का,जेभियर,डेको,रिभाल्डो र रोनाल्डिन्हो लगायतका खेलाडी थिए । 


रियल मड्रिडको लिजेण्ड टिममा पनि जोर्डी कोडिना,रोबेर्टो कार्लोस,रिभेरा,एन्टोनियो नुनेज,आल्फोन्सो पेरेज,क्याम्पो,लुइस फिगो,फनाएन्डो सन्ज र रुबिन डे ला लगायतका खेलाडी थिए । 


यसभन्दा अघि २०१७ भएको खेलमा भने बार्सिलोेना लिजेण्ड्स टिमले रियल मड्रिड लिजेण्ड्सलाई ३-२ ले हराएको थियो 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal