जिम्बावेविरुद्धको सिरिज बंगलादेशले क्लिनस्वीप गर्‍यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०५
  • |
  • 566 पटक हेरिएको

जिम्बावेविरुद्धको एक दिवसीय सिरिज बंगलादेशले क्लिनस्वीप गरेको छ । तीन वटा म्याचको एक दिवसीय बंगलादेशले ३–० ले जितेको हो । पहिलो खेल १५५ रनले जितेको बंगलादेशले दोस्रो खेल ३ विकेटको जित दर्ता गरेको थियो ।

यसैगरी आज भएको तेस्रो खेलमा बंगलादेशले ५ विकेटको जित दर्ता गर्दै सिरिज क्लिनस्वीप गरेको हो । जिम्बावेले दिएको २९९ रनको लक्ष्य पछ्याएको बंगलादेशले १२ बल बाँकी छँदै ५ विकेट गुमाएर ३०२ रन बनाएको थियो ।

बंगलादेशलाई जिताउनका लागि कप्तान तमिम इक्बालले  शतकीय पारि खेलेका थिए । ११२ रन बनाएका इकबालले ९७ बल फेस गर्दा तीन छक्का र ९ चौका प्रहार गरे ।

Nurul Hasan tries to stop the ball off Sikandar Raza's sweep

यसैगरी नुरुल हसन ४५ तथा अफिफ होसेन २६ रनमा नटआउट रहे । लिटन दासले ३२ रन बनाउँदा सकिब अल हसन र मोहम्मद मिथुनले ३०–३० रनको पारि खेले । डोनाल्ड ट्रिपोनो, वेस्ली म्याथवेभरले समान दुई दुई विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको जिम्बावेले निर्धारित ओभरको तीन बल बाँकी छँदा २९८ रन बनाएर अलआउट भएको थियो । उसका लागि रेगिस चकाबभाले ८४ रन बनाउँदा रायन ब्रुलले ५९ रनको योगदान गरेका थिए ।

यसैगरी सिकन्दर राजले ५७ रन बनाउँदा डियोन मेर्सले ३७ रनको योगदान गरे । बंगलादेशका मोहम्मद साइफुदिन र मुस्तिफिजुर रहेमानले समान तीन तीन विकेट लिए । अब यी दुई टिमले तीन वटा टी २० म्याच खेल्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey