'कोभिडले टोकियो ओलम्पिक विचमै रद्द नहोला भन्न सकिन्न'-आयोजक कमिटी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०५
  • |
  • 782 पटक हेरिएको

हाइलाइट्स


  • पत्रकार सम्मेलनमा पछिल्लो पटक खेलाडीमा एकपछि अर्को गरेर देखिएको कोरोना भाइरसका कारण प्रतियोगिता विचमा नै रद्द नहोला भन्न नसकिने बताए । 

टोकियो ओलम्पिक आयोजक कमिटीका प्रमुख टोसिरो मुटोले कोभिडका कारण अन्तिम समयमापनि ओलम्पिक रद्द हुन्छ भन्नेमा शंका कायमै रहेको बताएका छन ।

उनले पत्रकार सम्मेलनमा पछिल्लो पटक खेलाडीमा एकपछि अर्को गरेर देखिएको कोरोना भाइरसका कारण प्रतियोगिता विचमा नै रद्द नहोला भन्न नसकिने बताए । 

उनले आगामी दिनमा के हुन्छ भन्ने एकिन नभएको, र यदि कोरोना संक्रमणको संख्या बढेको खण्डमा जे पनि हुन सक्ने धारणा राखे ।

अहिलेको अवस्थामा कोभिडको संख्या बढेको खण्डमा पाँचै पक्षसँग छलफल गर्ने र हालको समय भन्दा आगामी दिनमा कोभिडको असर बढ्न र घट्न पनि सक्ने भएकाले सबैले यसलाई चासोका रुपमा राखेको बताए । 

कोभिडका कारण नै अघिल्लो बर्षबाट स्थगित भएर यो पटकका लागि सारिएको ओलम्पिकका लागि पुगेका ७६ जनामा पोजेटिभ देखिएको छ । जुन जुलाई एक तारिखपछिको हो । 

कोभिडका कारण जापानमा आठ लाख ४० हजारमा संक्रमण भएको छ भने १५ हजार ५५ जनाको ज्यान गइसकेको छ । मंगलबारमात्र जापानमा १३ सय ८७ जनामा कोरोना देखिएको छ । 

अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले भने प्रतियोगिता रद्द गर्नु विकल्प नभएको बताएका छन । जापानमा गरिएको सर्वेमा ६८ प्रतिशतले प्रतियोगिता नहुनुपर्ने बताएका छन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey