Mega Bank

श्रीलंकाले भारतलाई २ सय ७६ लक्ष्य

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-०५
  • |
  • 267 पटक हेरिएको

एकदिवसीय सिरिजको दोस्रो खेलमा श्रीलंकाले पाहुना टोली भारतलाई २ सय ७६ लक्ष्य दिएको छ । 

टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७५ रन बनायो ।

उसका लागि चरिथ असलान्काले ६५, अविष्का फर्नान्डोले ५०, मिनोद भानुकाले ३६, धनन्जय डिसिल्भिाले ३२, कप्तान दासुन शनाकाले १६ र चमिका करुणारत्नेले अविजित ४४ रन बनाए ।

बलिङमा युजवेन्द्र चहल, भुवनेश्वर कुमारले तीन र दिपक चहरले दुई विकेट हात पारे । श्रीलंका टोलीका अलराउन्डर चमिका करुणारत्नेले आज पनि आक्रामक पारी खेले । उनले दोस्रो म्याचमा ३३ बलमा ५ चौका अविजित ४४ रन बनाए ।

अघिल्लो खेलमा पनि करुणारत्नले आक्रामक पारी खेल्दै विपक्षी टोलीलाई प्रतिस्पर्धात्मक लक्ष्य दिन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पहिलो खेलमा भारतले श्रीलंकालाई ७ विकेटले हराएको थियो ।

भर्खरै

Advertisement