क्वारेन्टिन सकेर नेपाली टिम ओलम्पिक भिलेज प्रवेश, सोनिकाको प्रशिक्षण सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०५
  • |
  • 679 पटक हेरिएको

हाइलाइट्स


  • तीन दिन अगाडी टोकियो पुगेकी जुडो खेलाडी सोनिया विष्टले तीन दिनको क्वारेन्टिनको समय सकेर आजबाट प्रशिक्षण सुरु गरेकी हुन ।

आसन्न टोकियो ओलम्पिकका लागि जापान पुगेको जुडो टिमले प्रशिक्षण सुरु गरेको छ । यसका साथै नेपाली खेलाडी ओलम्पिक भिलजेमा प्रवेश गरेका छन । 

तीन दिन अगाडी टोकियो पुगेकी जुडो खेलाडी सोनिया विष्टले तीन दिनको क्वारेन्टिनको समय सकेर आजबाट प्रशिक्षण सुरु गरेकी हुन ।

यसका साथै यसअघि नै प्रशिक्षणका लागि जापान पुगेको पौडीको टिमपनि ओलम्पिक भिलेज पुगेको छ । 

अहिले टोकियो ओलम्पिकका लागि तीन खेलका चार खेलाडी भिलेजमा रहेका छन । यसका साथै आजै नेपालका सेभ दी मिसन रमेशकुमार सिलवालले बैठकमा सहभागि भएका छन ।

उनी भौतिक रुपमा पहिलो पटक सिएमडी बैठकमा सहभागि भएका हुन । यसअघि उनले भर्चुअल रुपमा बैठकमा सहभागिता जनाउँदै आएका थिए । 

ओलम्पिकका लागि एथ्लेटिक्सकी सरस्वती चौधरी जुलाई २४ मा टोकियो जानेछिन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey