सन्दिपको 'द हन्ड्रेड' यात्राः ठूलो आशापछि अचानक नसोचेको तनाव

स्पष्ट जवाफबिना 'द हन्ड्रेड' खेल्न योग्य नभएको भिषा भनेर इसीबी अन्तिम समयमा सन्दिपलाई बताएपछिको तनाव

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०५
  • |
  • 811 पटक हेरिएको

हाइलाइट्स

  • टी २० ब्लास्टका लागि भिषाको प्रक्रिया गर्दा टायर ५ भिषामा आउन पाउने र बेलायतमा क्रिकेट प्रतियोगिता खेल्न पाउने त्यो बेला बताइएको थियो । त्यहि आधारमा सन्दिपले टायर ५ को भिषाका लागि प्रक्रिया थाले । त्यो बेला नै समयमा भिषा नआउँदा टी २० ब्लास्ट गुमाउन पुगे ।

  •  त्यसपछि उनी द हन्ड्रेडका लागि बेलायत जाने तयारीमा जुटे । जसका कारण एक साता अगाडी उनी द हन्ड्रेडका लागि बेलायत पुगे र सरकारी नियम अनुसार तोकेको होटेलमा क्वारेन्टिनमा बसेका थिए ।

  • क्वारेन्टिनबाट बाहिर निस्किने बेला इसीबीले टायर ५ को भिषामा प्रतियोगिता खेल्न नपाउने भन्दै आश्चार्यजनक कुरा सुनायो । 

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न योजना अधुरो रहने भएको छ । यहि प्रतियोगिताका लागि जुलाई नौ तारिखमा बेलायत पुगेका सन्दिप त्यहाँको सरकारको नियम अनुसार १० दिनको क्वारेन्टिनमा बसेका थिए । तर क्वारेन्टिनको समय सकिने अन्तिम समयमा इंग्ल्याण्ड क्रिकेट बोर्डले उनलाई द हन्ड्रेड खेल्न नपाउने भनेर जानकारी दियो । जुन कुरा सन्दिपका लागि मात्र होइन, नेपाली समर्थकका लागि पनि आश्चार्यजनक थियो । 

टी २० ब्लास्टका लागि भिषाको प्रक्रिया गर्दा टायर ५ भिषामा आउन पाउने र बेलायतमा क्रिकेट प्रतियोगिता खेल्न पाउने त्यो बेला बताइएको थियो । त्यहि आधारमा सन्दिपले टायर ५ को भिषाका लागि प्रक्रिया थाले ।

त्यो बेला नै समयमा भिषा नआउँदा टी २० ब्लास्ट गुमाउन पुगे । त्यसपछि उनी द हन्ड्रेडका लागि बेलायत जाने तयारीमा जुटे । जसका कारण एक साता अगाडी उनी द हन्ड्रेडका लागि बेलायत पुगे र सरकारी नियम अनुसार तोकेको होटेलमा क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनबाट बाहिर निस्किने बेला इसीबीले टायर ५ को भिषामा प्रतियोगिता खेल्न नपाउने भन्दै आश्चार्यजनक कुरा सुनायो । 

यो कुरा बाहिर आएपछि सन्दिपले आफुले खेल्न नपाउनुको कारणबाट इंग्ल्याण्ड क्रिकेट बोर्डसँग सोधे, तर त्यसको प्रश्ट जवाफ भने उनले अझै पाएका छैनन् । भिषाको समस्या भएको खण्डमा अध्यागमनले नै रोक्नुपर्ने थियो । नेपालबाट जानु अगाडी पनि बोर्ड र टिमले भिषाको बारेमा कुनै जानकारी दिएको थिएन ।

टी २० ब्लास्ट खेल्ने भनेर लगाएको भिषाले नै काम गर्छ भनेर सो बेला भनिएको थियो । त्यहि आधारमा उनी बेलायत गएका थिए । तर क्वारेन्टिनकै समयमा उनले खेल्न नपाउने भनेर जानकारी दिएपछि सन्दिपलाई दोस्रो विकल्पका बारेमा सोच्ने मौका नै पाएनन् । 

त्यहि कुरा उनलाई बेलायत पुगेर जानकारी दिएको खण्डमा अवस्था अर्को हुने थियो । तर अन्तिम समयमा जुन तरिकाले इसीबीले जानकारी दियो, त्यसको भित्री कारण के हो भन्ने पनि कसैले भेउ पाउन सकेका छैनन् । 

ओभलबाट द हन्ड्रेड खेल्ने योजनामा रहेका सन्दिप क्वारेन्टिन सकिएसँगै नेपाल फर्कनुपर्ने भएको छ । क्वारेन्टिनको समय सकिँदै लाग्दा इसीबीले चाँडो भन्दा चाँडो इंग्ल्याण्ड छोड्न भनेर दिएको खबरले सन्दिपलाई निकै स्तब्ध बनायो । जसका कारण उनले आफ्नो सोसियल मिडियामा पनि लामो भनाई राखे । सो भनाईमा उनको मर्म प्रष्ट थियो । तर यस्तो अवस्था आखिर किन आयो भन्ने कुरा न त इसीबीले दिन चाहेको छ नत टिमले नै ।

कतै यो टी २० ब्लास्टको टिम, जुन सन्दिपले खेल्ने भनेको थियो, त्यसले खेलेको राजनिती त होइन भन्ने पनि आशंका हुन थालेको छ । टी २० खेल्न नपाएपछि द हन्ड्रेडका लागि गएका सन्दिपले के कारणले त्यो प्रतियोगितामा सहभागि हनु नपाउने भन्ने कुराको जानकारी माग्दापनि त्यसको जवाफ दिइएको छैन । 

इंग्ल्याण्ड क्रिकेट बोर्डले सन्दिपलाई उनले लगाएको भिषा खेल्नका लागि योग्य नभएको भनेर भन्दा यो कुरा बोर्डले उनी जानु अगाडी किन जानकारी दिएन भन्ने ठूलो प्रश्न छ । यदि बोर्डले सन्दिपलाई नेपालमा हुँदै भिषा परिवर्तन गरेर आउन भनेको भए हुन्थ्यो, तर त्यो बेला नेपाली टिमको स्पेनको भिषाका लागि पासपोर्ट भारतमा केहि समय रोकिँदा अर्को विकल्प पनि थिएन । तर त्यो बेला सन्दिपको टिमले इसीबीलाई सोध्दा केहि फरक नपर्ने भनेर जवाफ पठाएको बताइएको छ । 

जसका आधारमा सन्दिप बेलायत गएका थिए । द हन्ड्रेड खेलेर त्यहिबाट क्यारेबियन प्रिमियर लिग खेल्ने योजनामा रहेका सन्दिप यसपटक बेलायतमा क्वारेन्टिन बसेरमात्र फर्कनुपर्ने भएको छ । तर अन्तिम समयमा प्रतियोगिता खेल्न नपाउने कुराले मानसिक तनाव भोगेको भरपाई कसले ब्यहोर्छ । 

विश्वका प्रायः फ्रेन्चाइजी लिग खेलेका सन्दिपले पहिलो पटक यस्तो अवस्थाको सामना गरेका छन । तर यो अवस्था उनका लागि निकै तनावपुर्ण बनेको छ । 

यता ओभल टिमले सन्दिपको स्थानमा दक्षिण अफ्रिकी बलर ताब्रेज शाम्सीलाई खेलाउने भएको छ । यता सन्दिप भने धेरै प्रश्नको उत्तर नपाउँदै नेपाल फर्किनुपर्ने भएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey