ए डिभिजन लिग रोक्न भन्दै चार क्लवले बुझाए पत्र

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०५
  • |
  • 3515 पटक हेरिएको

हाइलाइट्स


  • थ्रीस्टार, जाउलाखेल, ब्रिगेड ब्याइज र फ्रेन्ड्स क्लवले संयुक्त रुपमा विज्ञेप्ती एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका छन । 

    असोज तीन गतेबाट हुने तालिका रहेको ए डिभिजन लिग तोकेको मितीमा हुने नहुने एकिन भने छैन ।

ए डिभिजन लिगको मिती तय भइसकेको अवस्थामा चार वटा क्लवले यसपटकको लिग नगर्न भन्दै एन्फामा पत्र बुझाएका छन । यो सिजनको लिगलाई रोक्न भन्दै थ्रीस्टार, जाउलाखेल, ब्रिगेड ब्याइज र फ्रेन्ड्स क्लवले संयुक्त रुपमा विज्ञेप्ती एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका छन । 

असोज तीन गतेबाट हुने तालिका रहेको ए डिभिजन लिग तोकेको मितीमा हुने नहुने एकिन भने छैन । तर लिगका लागि आन्तरीक रुपमा तयारी गरिरहेपनि चार क्लवले रोक्नका लागि पत्र बुझाएका हुन । 

सो पत्रमा जाउलाखेल, फ्रेन्ड्स, ब्याइज युनियनका अध्यक्षहरुले हस्ताक्षर गरेका छन भने थ्रीस्टारका महासचिवको साइन रहेको छ । चारै क्लवले कोभिडको अहिलेको अवस्थामा लिग आयोजना गर्नु उपयुक्त नभएको भन्दै संक्रमणदर कम भएपछि मात्र लिग गर्नुपर्ने बताएका छन । 

लिगका लागि धेरै जसो क्लवले खेलाडी अनुबन्ध गर्नुका साथै आन्तरीक तयारी पनि फाइनल चरणमा पुर्याएका छन । तर यो सिजनमा खेलाडी अनुबन्ध गर्न केहि चुकेका क्लवका रुपमा रहेका चारै क्लवले लिग रोक्नका लागि पत्र बुझाएका हुन । 

स्रोतका अनुसार यो सिजन रेलिगेसनमा पर्ने त्रासका कारणपनि उनीहरुले लिग रोक्नुपर्ने पत्र लेखेको हुनुपर्ने बताएका छन । एन्फाले साउन १० गतेसम्म टिम दर्ताको समय राखेको छ ।

क्लवहरुले एन्फासँग पछिल्लो पटक बैठकका लागि समय माग्दापनि अध्यक्ष राजी नभएको र एकोहोरो रुपमा टिम दर्ताको मिती तोकेको भन्दै चारै क्लवले आक्रोष पोखेका थिए । केहि दिन अगाडी भएको बैठकमा पनि यी चार क्लवले लिगका बारेमा केहि आपत्ती जनाएका थिए । 

पछिल्लो पटक नेपालमा साफ च्याम्पियनसिप गराउनका लागि एन्फाका शिर्ष पदाधिकारी दौडधुपमा रहेका छन । यता लिग कमिटीले नियम बनाउने र पुरस्कार राशीको टुंगो लगाउने पनि अन्तिम तयारी गरिरहेको छ । यस्तैमा चार क्लवले लिग नगराउने गरेको पत्राचारले के हुन्छ भन्ने अन्योल बढेको छ । 

यो पटक एन्फाले ए डिभिजन लिगलाई ६ महिना लम्ब्याउने बताएको छ । साथै ए डिभिजन लिगसँगै राष्ट्रिय लिगपनि खेलाउने बताइएको छ । ए डिभिजन लिगमा १४ टिमले खेल्नेछन, त्यसमा शिर्ष ६ टिम र काठमाडौं बाहिरका ४ टिमले राष्ट्रिय लिग खेल्नेछन । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey