ओलम्पिक फुटबलः पावरहाउस राष्ट्रहरुबिचकाे भिडन्त कहिले ? (खेल तालिकासहित)

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०५
  • |
  • 1405 पटक हेरिएको

हाइलाइट्स


  • समुह चरणको ड्र मा अमेरिकन पावरहाउस अर्जेन्टिना र युरोपियन जाइन्ट स्पेन एकै समुहमा परेका छन् । एशीयाली टिम जापान र फ्रान्स पनि एकैे समुहमा छन् भने ब्राजिल र जर्मन पनि एकै समुहमा परेका छन् । 

विश्व खेलकुदको महाकुम्भको रुपमा लिइने ‘ओलिम्पक’ले यतिबेला खेलकुद क्षेत्र तातिएको छ । कोरोनाका कारण हुने वा नहुने निश्चित नभएको ओलम्पिक अन्तत जुलाई २३ बाट शुरु हुँदैछ । 

यस संस्करणको ओलम्पिक जापानको राजधानी टोकियोमा हुँदैछ । जसलाई ‘टोकियो ओलम्पिक २०२०’ नाम दिइएको छ । एघार हजारभन्दा धेरै खेलाडीले कुल ३३९ खेलमा सहभागिता जनाउने छन् भने खेल जुलाई २३ देखि अगस्ट ८ गतेसम्म हुनेछ ।

जापान सरकारले ओलम्पिककोे तयारी लामो समयदेखि तिव्र रुपमा थालेको थियो र जुनसुकै हालतमा पनि ओलम्पिक सफल पार्ने अठोट लिएकोे थियो । कोरोनाको त्रास अझै कायमै छ र ओलम्पिकका लागि टोकियो पुगेका केही खेलाडीमा कोरोना देखिएकोे खबरहरु पनि बाहिरिएका छन् । यसका बावजुद पनि ओलम्पिक हुने भने निश्चित भैसकेको छ । 

विश्वकप,युरोेकप तथा कोपा अमेरिकापछि फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताका रुपमा ओलम्पिक फुटबललाई हेर्ने गरिएको छ । ओलम्पिक फुटबलमा सबैभन्दा धेरै गोल्ड मेडल हंगेरीले ३ पटक जितेकोे छ भने अर्जेन्टिना र उरुग्वेले समान २ पटक जितेका छन् । 

ओलम्पिकका लागि सबै महादेशबाट छानिएर गाएका १६ टिमहरुबिच प्रतिश्पर्धा हुनेछ । टिम २३ वर्षभन्दा मुनिको हुने प्रावधान रहेको छ जसमा तिनजना खेलाडी भने शिनियर टिमबाट रहनेछन् । 
ओलम्पिकमा प्रतिश्पर्धा गर्ने टिमहरुको ड्र सार्वजनिक भैसकेको छ र यस संस्करणको ओलम्पिक फुटबलको सम्पुर्ण खेलहरु रोमाञ्चक हुने आंकलन गर्न सकिन्छ । 

समुह चरणको ड्र मा अमेरिकन पावरहाउस अर्जेन्टिना र युरोपियन जाइन्ट टिम स्पेन एकै समुहमा परेका छन् । एशीयाली टिम जापान र फ्रान्स पनि एकैे समुहमा छन् भने ब्राजिल र जर्मन पनि एकैे समुहमा परेका छन् । 

ओलम्पिकको उद्घाटन खेलमा भने अर्जेन्टिना र इजिप्ट खेल्नेछन् । ओलम्पिकमा १६ टिम सहभागि रहेका छन् र ४ वटा समुहमा उक्त टिमहरुलाई विभाजन गरिएकोे छ । 

ओलम्पिक फुटबलका समुह चरण खेल तालिका यसप्रकार रहेको छ । 

आइतबार जुलाई २५ मा हुने खेलहरु । 

इजिप्टबिरुद्ध अर्जेन्टिना- १ः१५ बजे
होन्डुरसबिरुद्ध न्युजिल्याण्ड -१ः४५ बजे
दक्षिण अफ्रिकाबिरुद्ध फ्रान्स -१ः४५ बजे 
आइभेरी कोष्टबिरुद्ध ब्राजिल- २ः४५ बजे
स्पेनबिरुद्ध अष्ट्रेलिया -४ः१५ बजे
आयोजक जापानबिरुद्ध मेक्सिको -४ः४५ बजे
दक्षिण कोरियाबिरुद्ध रोमानिया- ४ः४५ बजे
जर्मनबिरुद्ध साउदी अरब -५ः२५ बजे

बुधबार जुलाई २८ मा हुने खेलहरु ।

आइभेरी कोष्टबिरुद्ध जर्मन -१ः४५ बजे
साउदी अरबबिरुद्ध ब्राजिल -१ः४५ बजे
न्युजील्याण्डबिरुद्ध रोमानिया -२ः४५ बजे
दक्षिण कोरियाबिरुद्ध होन्डुरस- २ः१५ बजे
अर्जेन्टिनाबिरुद्ध स्पेन- ४ः४५ बजे
इजिप्टबिरुद्ध अष्टे«लिया -४ः४५ बजे
दक्षिण अफ्रिाकाबिरुद्ध मेक्सिको- ५ः१५ बजे
समुह चरणको अन्तिम खेल फ्रान्सबिरुरद्ध जापान -५ः१५ बजे  ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal