जाउलाखेलले गोलकिपर टेकेन्द्रसँगको सम्झौता एक सिजनका लागि नविकरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०५
  • |
  • 1689 पटक हेरिएको

हाइलाइट्स


  • पछिल्लो चार सिजनदेखि जाउलाखेलबाट खेलिरहेका उनीलाई यो सिजनको लिगका लागि मनाङले पनि बोलाएको थियो । 

आसन्न ए डिभिजन लिगका लागि जाउलाखेल युथ क्लवले गोलकिपर टेकेन्द्र थापाको सम्झौता नविकरण गरेको छ ।

अघिल्लो सिजनमा पनि जाउलाखेलबाट नै खेलेका टेकेन्द्रलाई क्लवले एक बर्षका लागि नविकरण गरेको छ । 

नेपालगञ्जमा भएको एन्फा प्रेसिडेन्ट कपमा स्टार सिटीले उपाधि जित्दा टेकेन्द्र नै कप्तान र गोलकिपर रहेका थिए ।

पछिल्लो चार सिजनदेखि जाउलाखेलबाट खेलिरहेका उनीलाई यो सिजनको लिगका लागि मनाङले पनि बोलाएको थियो । 

तर मनाङको प्रस्तावलाई अस्विकार गरेका टेकेन्द्रलाई जाउलाखेलले सम्मानजनक रकममा राखेको छ ।

टिमको उपकप्तान समेत रहेको टेकेन्द्र राम्रो लयमा रहेको र उनलाई जाउलाखेलले मुख्य गोलकिपरको रुपमा राख्ने भएको छ । 

यता राष्ट्रिय फुटबल खेलाडी सुरज जिउ ठकूरीपनि जाउलाखेलबाट नै ए डिभिजन खेल्ने भएका छन ।

उनले शिर्ष डिभिजन जाउलाखेलबाट नै खेलेका पनि यो सिजनमा उनी सोहि क्लवमा रहनेछन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey