एमिललाई तीन स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०५
  • |
  • 579 पटक हेरिएको

नेपालको एमिल तेक्वान्दो डोजाङका खेलाडीले तेश्रो एमके क्लासिक खुला अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण जितेका छन् ।

त्यसका अलावा एमिलका खेलाडी समान १–१ रजत र कांस्य पनि जिते ।

पुरुष यु–१० मा एड्रिम राई र यु–९ मा कर्मा तामाङ तथा महिला यु–७ मा विशेषता रन्जितले स्वर्ण चुमे ।

पुरुष यु–९ मा आराध्यादेव अछामीले रजत तथा यु–१३ ब्ल्याकवेल्टमा स्वरुप बायुङ राईले रजत हात पारेको एमिलका प्रमुख प्रशिक्षक विश्व राईले जनाएका छन् ।

प्रतियोगितामा राईले निर्णायकको भूमिका समेत निर्वाह गरेका थिए ।

प्रतियोगितामा एमिलबाट ५ खेलाडी सहभागी भएको पाँचैले पदक हात पार्न सपफल भएका हुन् । प्रतियोगिता भारतमा जुलाई १६ देखि १८ तारिखसम्म भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal