ओलम्पिक मोह, एक संघको पदाधिकारी अर्को खेलको अफिसियल, नेपालको प्रतिस्पर्धा कहिले कहिले ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०५
  • |
  • 1044 पटक हेरिएको

हाइलाइट्स


  • यसपटकको ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडी सहभागि छन । तर खेलाडी भन्दा पाँच गुणा बढि पदाधिकारी पुगेका छन । कुनै पनि ठुला अन्तराष्ट्रिय प्रतियोगिता हुँदा खेलाडी तथा प्रशिक्षक भन्दा पदाधिकारी बढि जानु नेपालको लागि सामान्य भइसक्यो । आसन्न टोकियो ओलम्पिकको वहानामा नेपाल ओलम्पिक कमिटीका पदाधिकारी जापान शयर गर्न पुगेका छन् । अहिले ओलम्पिक कमिटीका पदाधिकारी सहभागि हुने संघका अफिसियलका रुपमा जापान पुगेका छन् ।

शुक्रबारबाट सुरु हुने टोकियो ओलम्पिकको तयारी लगभग पुरा भएको छ । प्रतियोगिताका लागि सबै देशका खेलाडी टोकियो पुग्ने क्रम जारी नै छ । शुक्रबार हुने उद्घाटन समारोहमा नेपालका लागि पौडी खेलाडीद्वय गौरीका सिंह र एलेक्स शाहले झण्डा बोक्नेछन । 

यसपटकको ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडी सहभागि छन । तर खेलाडी भन्दा पाँच गुणा बढि पदाधिकारी पुगेका छन । कुनै पनि ठुला अन्तराष्ट्रिय प्रतियोगिता हुँदा खेलाडी तथा प्रशिक्षक भन्दा पदाधिकारी बढि जानु नेपालको लागि सामान्य भइसक्यो । आसन्न टोकियो ओलम्पिकको वहानामा नेपाल ओलम्पिक कमिटीका पदाधिकारी जापान शयर गर्न पुगेका छन् । अहिले ओलम्पिक कमिटीका पदाधिकारी सहभागि हुने संघका अफिसियलका रुपमा जापान पुगेका छन् । 

ओलम्पिकमा अध्यक्ष र महासचिवलाई आमन्त्रीत गरिन्छ । टोकियो ओलम्पिकको निमन्त्रणामा अध्यक्ष जिवनराम श्रेष्ठ तथा महासचिव निलेन्द्रराज श्रेष्ठ टोकियो पुगेका छन् । त्यसबाहेक राष्ट्रिय खेलकुद परिषदका पुर्वउपाध्यक्ष तथा ओलम्पिक कमिटीका सहसचिव पिताम्बर तिम्सिना एथ्लेटिक्सको अफिसियल भएर ओलम्पिक सहभागिता जनाएका छन् ।

एमाले नेता बामदेव गौतमकी श्रीमती तुल्सी थापा जुडो कि अफिसियलको कोटामा त्यहाँ छिन् । वास्तवमा उनी कबड्डी संघकी अध्यक्ष हुन् । तेक्वान्दोका प्रकाश सम्शेर राणा पनि जुडोको अफिसियल भएर टोकियोमा पुगेका छन् ।जबकी उनी तेक्वान्दोका अध्यक्ष हुन् ।

उपाध्यक्ष सुुनिल कुमार श्रेष्ठ सुटिङको अफिसियल भएर त्यहाँ पुगेका हुन् । चतुरानन्द बैद्य ओलम्पिकमा टिमको प्रशानिक कर्मचारी भएर गएका हुन् । राम अवाले स्वीमिङका प्रतिनिधी भएर पुगेका छन् । जबकी यी सबै ओलम्पिक बोर्ड सदस्य हैसियतले त्यहाँ पुगेका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने सहचारीका रुपमा जाँदैछन् । त्यस्तै राखेपका सदस्य सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ प्रशासनिक कर्मचारीको रुपमा टोकियो गएका छन् । १६ जना मध्ये एक स्वयमसेवक भने एक मेडिकल स्टाफ  हुन् । 

जापानले नेपाल लगायत दक्षिण एसियाली मुलुकलाई जापानले कोरोना संक्रमणको उच्च जोखिम भएको सुचीको ए श्रेणीमा राखेको छ । यस्तो बेलामा खेलाडीलाई चाहिने अन्य सहयोगी जस्तै फिजीयो, डाक्टरलाई प्राथममिक्ता दिनुपर्ने हो ।

छिमेकी देश भारतबाट २ सय २८ सदस्यीय टोली जापान पुगेको छ । टोलीमा एक सय १९ खेलाडी हुँदा मात्र ८ जना अन्य  पदाधिकारी छन् । बाँकी मेडिकल स्टाफ, फिजियो थेरापिस्ट, वैज्ञानिक डाक्टर, भिडियो एनालाइसिष्ट, खेल विज्ञ र सम्बन्धीत खेलका टिम व्यवस्थापक हुन् । नेपालकोे हकमा भने अन्य कुनै संघका पदाधिकारी अन्य खेलको व्यवस्थापक भएर गएका छन् । 

ओलम्पिक जस्तो ठाउँमा खेलसम्बन्धीत विज्ञ जानुपर्ने हो । अथवा खेलाडीलाई प्राविधीक रुपमा सघाउने तथा सम्बन्धीत खेलका पदाधिकारी प्राथमिकता दिनुपर्ने हो । तर त्यस्तो हुन सकेको छैन । कोरोनाको विषम परिस्थीतीमा पनि पदाधिकारी हाबी हुनुले अन्तराष्ट्रिय मञ्चमा गलत सन्देश जान्छ । 

नेपालबाट टोकियो ओलम्पिकमा सहभागि हुने खेलाडीहरु युनिर्भस्यालिटी प्लेस र वाइल्ड कार्ड कोटामा परेका हुन् । आखिर नेपाली खेलाडीले यस्तो कोटामा कहिले सम्म भर पर्नुपर्ने हो त्यसमा उनीहरुको ध्यान गएको छैन । जुन भविष्यमा पनि कायमै हुनेछ । 

नेपाली खेलाडीकाे प्रतिस्पर्धा

उद्घाटन समारोहको अर्को दिन अर्थात जुलाई २४ मा नेपालको प्रतिस्पर्धा रहेको छ । जसमा नेपालबाट वाइल्र्डकार्ड पाएर टोकियो पुगेका जुडो र सुटिङका खेलाडीको प्रतिस्पर्धा छ । जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले ओलम्पिकमा आफ्नो चुनौती पस्किनेछन । 

जुडोमा सोनियाले ४८ केनी मुनिको तौल समुहमा प्रतिस्पर्धा गर्नेछन भने सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफलमा खेल्नेछिन । दुबै खेलाडीको चाहना आफ्नो ब्यक्तिगत प्रदर्शनका सुधार गर्नुनै रहेको छ । 

जुडो र सुटिङका खेलाडीको प्रतिस्पर्धा सकिएको तीन दिनमा नेपालका पौडी खेलाडी एलेक्स शाहको खेल रहेको छ । उनले जुलाई २७ मा पुरुष एक सय मिटर फ्रिस्टाइरमा खेल्नेछन । त्यो दिन हिट चरणको खेल हुनेछन । त्यसमा शिर्ष स्थानमा रहेको खण्डमा सेमिफाइनलमा पुग्नेछ । यो स्पर्धामा एलेक्सकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । जसलाई उनी सुधार गर्ने लक्ष्यमा छन । 

जुलाई २८ मा नेपालकी पौडीवाज गौरीका सिंहको प्रतिस्पर्धा रहेको छ । उनले महिला एक सय मिटरमा खेल्नेछिन । राष्ट्रिय कीर्तिमानधारी गौरीकाको चाहना हिट चरण पार गर्ने रहेको छ । २०१६ मा रियो ओलम्पिकमा कम उमेरमा यो प्रतियोगिता खेल्ने कीर्तिमान राखेकी गौरीका यसपटक नयाँ उपलब्धि हासिल गर्ने योजनामा छिन । 

जुलाई ३० तारिखमा नेपालबाट एथ्लेटिक्समा सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछिन । गोपिचन्द्र पार्कीले अन्तिम समयमा खेल्न नपाएपछि सरस्वतीलाई टोकियो ओलम्पिकमा चिठ्ठा परेको हो । उनी यो प्रतिस्पर्धाका लागि जुलाई २४ मा टोकियो जानेछिन । 

महिला एक सय मिटरमा प्रतिस्पर्धा गर्ने सरस्वतीले पनि ब्यक्तिगत प्रदर्शनमा सुधार गर्ने चाहना रहेको बताउँदै आएकी छिन । एथ्लेटिक्सको हिट चरण जुलाई ३० मा हुनेछ । फाइनल इभेन्ट्स जुलाई ३१ मा हुनेछ । 

यसपटकको ओलम्पिकमा प्रतिस्पर्धा सकिएका खेलाडीले लामो समय बस्न नपाउने नियम छ । प्रतिस्पर्धा सकिएपछि नै उनीहरु स्वदेश फर्किनुपर्नेछ । 

यो पटकको ओलम्पिकमा खेलाडीलाई ब्यक्तिगत सुधार गर्ने अवसर भएपनि आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नु अर्को चुनौती रहेको छ । किनकी ओलम्पिक भिलेजमा नै खेलाडीमा कोरोना देखिएपछि अवस्था केहि जटिल देखिएको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal