कीर्तिमानी रकममा अनुबन्ध भएका तर अहिले बार्सिलोनाको टाउको दुखाई बनेका ३ फुटबलर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०५
  • |
  • 1252 पटक हेरिएको

हाइलाइट्स

बार्सिलोनाले दुबै खेलाडीलाई सके बिक्रि गर्ने नभए लोनमा अर्को क्लव पठाउने योजनामा छ । त्यसैले पनि नयाँ सिजनका लागि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमनले दुबै खेलाडीलाई आफ्नो योजनामा राखेका छैनन् । 

स्पेनीस क्लव बार्सिलोना नयाँ सिजन अगाडी आफ्ना दुई स्टार फुटबलर एन्टोइन ग्रिजमन र फिलिपे कोउन्टिन्होलाई बाहिर पठाउन प्रयासरत रहेको छ । तर दुबै खेलाडीलाई विक्रि गर्ने बताएपनि चित्त बुझ्दा मुल्य पाउन सकेको छैन । 

बार्सिलोनाले दुबै खेलाडीलाई सके बिक्रि गर्ने नभए लोनमा अर्को क्लव पठाउने योजनामा छ । त्यसैले पनि नयाँ सिजनका लागि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमनले दुबै खेलाडीलाई आफ्नो योजनामा राखेका छैनन् । 

चोटका कारण गत सिजनमा मैदान बाहिर रहेका ब्राजिलियन खेलाडी कोउन्टिन्हो बार्सिलोनाको टाउको दुखाई बनेका छन । एक सिजन अगाडी उनलाई बार्सिलोनाले बार्यनमा लोनमा पठाएको थियो । तर त्यो लोनको समय सकिएपछि उनी फेरी बार्सिलोना फर्किएका थिए । 

यता फ्रान्सेली खेलाडी ग्रिजमनलाई पनि बार्सिलोना नयाँ सिजन अगाडी नै बाहिर पठाउने सुरमा छ । बार्सिलोनाले सर्जियो अगुइरो र मेन्फिस डिपीलाई अनुबन्ध गरेपछि ग्रिजमनको स्थान धरापमा परेको हो । बार्सिलोनाका लागि मोटो तलव खाने खेलाडीको सूचीमा रहेका ग्रिजमनलाई क्लवले साट्ने विकल्प पनि राखेको छ । 

महंगो रकममा खरिद गरेको बार्सिलोना उपयुक्त मूल्य पाएमा दुबैलाई बेचेर आफ्नो आर्थिक बोझलाई पनि कम गर्ने योजनामा छ । यस्तै सूचीमा उस्मान डेम्बेलेपनि छन । बार्सिलोनामा आएदेखि नै चोटले धेरै समय मैदान बाहिर रहेका उनी युरोकपमा पनि राम्रो गर्न सकेका थिएनन् । यता बार्सिलोनामा पनि स्ट्राइकरको भिड भएकाले पनि उनलाई बिक्रि गर्ने योजना बनाएको छ । 

डेम्बेले सन् २०१७ मा बोरुसिया डर्टमुण्डबाट एक सय ३५ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्ध भएका थिए । यस्तै कोउन्टिन्होलाई बार्सिलोनाले एक सय ६० मिलियन युरोमा भित्र्याएको थियो भने ग्रिजमनलाई एक सय २० मिलियनमा एट्लेटिको मड्रिडबाट ल्याएको थियो । 

तर तीन खेलाडी बार्सिलोनामा लामो समय खेल्न नपाउँदै क्लवको टाउको दुखाई बनेका छन । यस्तैमा कोभिडका कारण बार्सिलोनाको आर्थिक अवस्थापनि कमजोर बनेको छ । जसका कारण उसले तीनै खेलाडीलाई बिक्रि गरेर आर्थिक बोझलाई कम गर्ने योजना बनाएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey