Mega Bank

एन्फाभित्रको विवाद विस्तारै बाहिरिदै, तीन जना पदाधिकारीले दिए एकैपटक राजिनामा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-०५
  • |
  • 856 पटक हेरिएको

हाइलाइट्स


  • एन्फाका केन्द्रिय सदस्य दिनेश ब्यञ्जनकारको संयोजकत्वमा रहेको सो ३ सदस्सिय समितीले आफ्नो राजिनामा लागि महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका छन । 

अखिल नेपाल फुटबल संघ एन्फा भित्र फेरी राजनितीको अर्को रुप देखिएको छ । त्यसमा मंगलबार होस्टेल ब्यवस्थापन समितीका ३ सदस्यले एकै पटक राजिनामा दिँदा फेरी एन्फामा भित्रि राजनितीको गन्ध फैलिन थालेको छ । 

एन्फाका केन्द्रिय सदस्य दिनेश ब्यञ्जनकारको संयोजकत्वमा रहेको सो ३ सदस्सिय समितीले आफ्नो राजिनामा लगि महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका छन । 

सो समितिमा ब्यञ्जनकारसहित थ्रीस्टारका अध्यक्ष तथा एन्फाका सहमहासचिव अरुणमान जाेशी, सहायक कोषाध्यक्ष राजेन्द्र न्योपाने छन । सो समितीलाई एन्फाले एकेडेमी, खेल मैदान ब्यवस्थापन, फ्लर्ड लाइट लगायतको निर्माणको जिम्मा दिएको थियो । 

राजिनामा पत्रमा काम गर्ने बाताबरण नभएको भन्दै राजिनामा दिएको उल्लेख गरिएको छ । यसअघिपनि यो समितीलाई एन्फाले जिम्मेवारी दिँदा विचमा राजिनामा दिएका थिए । तर मंसिर २५ गते एन्फाले दोस्रो पटक उनीहरुलाई जिम्मेवारी सुम्पिएको थियो । 

तीनै जनाले संयुक्त रुपमा राजिनामा दिएका हुन । उनीहरुले समितीलाई जानकारी नदिई काम हुन थालेपछि राजिनामा दिएको बताएका छन । यसका साथै ब्यञ्जनकारले सुरक्षा समितीको संयोजक र टेक्निकल समितीको सदस्यबाट पनि राजिनामा दिएको बताएका छन । 

एन्फामा पछिल्लो पटक आन्तरीक रुपमा रहेको विवाद फेरि बाहिर आउन थालेको छ । केहि दिन अगाडीमात्र केन्द्रिय समितीको बैठक राख्न भन्दै बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर खड्का र सदस्य दावा लामाले संयुक्त रुपमा पत्र बुझाएका थिए । यी सबै जना अहिलेको नेतृत्वको विरोधममा रहेका पदाधिकारी रहेको एन्फाका एक पदाधिकारीले बताएका छन । 

भर्खरै

Advertisement