Mega Bank

सन्दीप लामिछानेले ‘द हन्ड्रेड गुमाउने’

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-०५
  • |
  • 1138 पटक हेरिएको

नेपाली क्रिकेटर सन्दीप लामिछानेले विहीबारदेखि शुरुहुने ‘द हन्ड्रेड’ क्रिकेट गुमाउने सम्भावना बढेको छ ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले पहिलो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताका पुरै खेल सन्दीपले गुमाउने सम्भावना रहेको ईएसपीएनक्रिकइन्फोले जनाएको छ ।


ओभल इन्भिन्सिबल्समा सन्दीपले ६० हजार पाउण्डमा अनुबन्ध भएका थिए । उनी भिसाका कारण यो प्रतियोगिताबाट बञ्चित हुने सम्भावना रहेको बताइएको छ ।

गत असार २४ गते इंग्ल्याण्ड प्रस्थान गरेका उनी त्यहाँको दश दिने होटेल क्वारेन्टिन पुरा गरेका छन्  । टाइओर ५ भिसाका कारण उनले यो प्रतियोगिता गुमाउने अवस्था आएमा तबरिज साम्सीलाई खेलाउने सम्भावना रहेको छ ।

भर्खरै

Advertisement