Mega Bank

पहिलो टी २० मा दक्षिण अफ्रिका ३३ रनले विजयी

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०४-०५
  • |
  • 359 पटक हेरिएको


आयरल्याण्डविरुद्धको पहिलो टी २० क्रिकेटमा दक्षिण अफ्रिका ३३ रनले विजयी भएको छ । गएराति भएको खेलमा द.अफ्रिकाले दिएको १६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ९ विकेट गुमाएर १३२ रनमा रोकिन पुगेको थियो ।

 आयरल्यान्डका लागि ह्यारी टेक्टरले सर्वाधिक ३६ रन बनाउँदा बेरी म्याककार्थीले नटआउट ३० रन बनाएका थिए । यसैगरी कप्तान एन्डी बलब्रिनेले २२ रन बनाउँदा बना जोस लिटल १५ रनमा नटआउट रहेका थिए । दक्षिण अफ्रिकाका ताब्रेज सामीले सर्वाधिक ४ विकेट लिएपछि आयरल्याण्ड अघि बढ्न सकेन ।

त्यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडिन माक्रमले सर्वाधिक ३९ रन बनाएका थिए ।
डेभिड मिलरले २८, रस्सी भान डेरले २५ रन जोडे ।

आयरल्यान्डका मार्क एडिअरले ३ तथा सिमि सिंह र जोस लिटलले २–२ विकेट ।

यो नतिजापछि तीन खेलको टी २० मा द.अफिकाले १–० को अग्रता बनाएको छ । एक दिवसीय श्रींखलामा भने एक एकको बराबरीमा टुंगिएको थियो ।

भर्खरै

Advertisement