प्रोकोप बने अमेरिकन हकी लिग खेल्ने पहिलो समलिङ्गी खेलाडी

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०५
  • |
  • 1293 पटक हेरिएको

हाइलाइट्स

  • यसअघि लिड्स युनाइटेड,एलए ग्यालेक्सी तथा युएस फुटबलर रुबी रोजर्स अमेरिकाको ठुलो पाँच खेल खेल्ने पहिलो समलिङ्गी रहेका थिए । 

अमेरिकाको चर्चित हकी लिग नेशनल हकी लिग (एनएचएल) मा नास्भिले प्रेडेटरका स्टार लुक प्रोकोप अमेरिकाकै पहिलो सक्रिय समलिङ्गी हकी खेलाडी बनेका छन् । 


क्यानाडाका १९ वर्षिय लुकले अब आफु लुकेर खेल्नु नपर्ने बताएका छन् । उनले हालै आफु समलिङ्गी भएको घोषणा गरेका हुन् । 


‘आज म यो सार्वजनिक गर्नमा गर्व गर्दैछु कि म एक समलिङ्गी हुँ, म सानैदेखि हकीको उत्कृष्ट खेलाडी बन्न चहान्थे तर मलाई सँधै एउटै कुराको डर हुन्थ्यो’ लुकले सञ्चारमाध्यमसँग भनेका छन् ।

 
‘म आशा गर्छु कि मेरो आगमनले हकी खेलमा राम्रो प्रभाव पर्नेछ र सबैले बुझ्नेछन् हकी सबैको लागि हो’


यसअघि लिड्स युनाइटेड,एलए ग्यालेक्सी तथा युएस फुटबलर रुबी रोजर्स अमेरिकाको ठुलो पाँच खेल खेल्ने पहिलो समलिङ्गी रहेका थिए । उनले आफु समलिङ्गी भएको २०१३ मा सार्वजनिक गरेका थिए । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal