यी हुन् सर्वाधिक ओलम्पिक गोल्ड मेडल जित्ने टिमहरु 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०५
  • |
  • 1655 पटक हेरिएको

हाइलाइट्स

  •  ५ पटकको विश्वकप विजेता ब्राजिलले भने ओलम्पिक एकपटक मात्र जितेकोे छ । जुन २०१६ को रियो ओलम्पिक रहेको थियो । 

टोकियो ओलम्पिक केही समयपछि शुरु हुदैँछ जसका लागि विश्वका दाबेदार देशहरुले तयारी तिव्र गारिरहेका छन् ।

ओलम्पिकमा फुटबललाई सन् १९०० बाट समावेश गरिएकोे थियो । त्यसदेखि यो हरेक संस्करणमा समावेश हुँदै आएकोे छ । 

१९९२ को बार्सिलोेना ओलम्पिकबाट भने फुटबल ओलम्पिकलाई यु २३ को रुपमा खेलाउने निर्णय भएको थियो । पहिलो संस्करणको ओलम्पिकमा  ब्रिटेनले गोल्ड मेडल हात पारेको थियो । 


दक्षिण अमेरिकन फुटबलमा बलियो राष्ट्रहरु अर्जेन्टिना र उरुग्वेले यो उपाधि उक्त क्रममा लगातार दुई वर्ष जितेको थियो । अर्जेन्टिनाले यो उपाधि २००४ र २००८ मा जितेको थियो ।

२००८ मा अर्जेन्टिनाले ओलम्पिक जित्दा टिममा हालका कप्तान मेस्सी पनि रहेका थिए । 


यस्तै ५ पटकको विश्वकप विजेता ब्राजिलले भने ओलम्पिक एकपटक मात्र जितेकोे छ । जुन २०१६ को रियो ओलम्पिक रहेको थियो । 


सर्वाधिक ओलम्पिक जित्ने टिममा हंगेरी पहिलो नम्बरमा रहेको छ जसले ३ पटक ओलम्पिक आफ्नो नाममा पारेको छ । त्यसपछि ब्रिटेन ३,अर्जेन्टिना २,उरुग्वे २ र सोभियत युनियनले पनि २ पटक ओलम्पिक जितेकोे इतिहास रहेकोे छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey