ओलम्पिक खेल्न गएको अमेरीकी खेलाडीमा पनि कोरोना पाेजेटिभ

अहिलेसम्म टोकियोसंग जोडिएका कुल ५५ खेलाडीमा कोरोना देखिएको बताइएको छ । 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०४
  • |
  • 641 पटक हेरिएको

हाइलाइट्स

अहिलेसम्म टोकियोसंग जोडिएका कुल ५५ खेलाडीमा कोरोना देखिएको बताइएको छ । 

टोकियो ओलम्पिकका लागि पुगेको अमेरीकी टिममा एक खेलाडीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

हाल जापानको नारितामा प्रशिक्षणमा रहेका अमेरीकी टिमको जिम्नास्टिक खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ । 

आइतबार गरिएको परिक्षणमा ती खेलाडीको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । तर खेलाडीको नाम भने गोप्य राखिएको छ ।

कोरोना देखिने खेलाडी १० देखि १९ बर्षको रहेको अनुमान गरिएको छ । उनलाई होटेलमा क्वारेन्टिनमा राखिएको छ ।

यसका साथै उनको क्लोज कन्ट्याक्टमा अर्को खेलाडीपनि रहेका बताइएको छ । 

ओलम्पिक भिलेजमा दुई खेलाडीलाई कोरोना पुष्टि भएको दुई दिनपछि नै अमेरीकी खेलाडीमा पनि कोरोना देखिएको छ ।

अहिलेसम्म टोकियोसंग जोडिएका कुल ५५ खेलाडीमा कोरोना देखिएको बताइएको छ । 

जुलाई २३ बाट सुरु हुने प्रतियोगतामा ११ हजार ३ सय ६३ खेलाडीले सहभागिता जनाउनेछन । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey