Mega Bank

एएफसी यू-२३ एशियन कप छनौटमा नेपाली टिमको प्रशिक्षककाे जिम्मेवारी बालगाेपालले पाउने संभावना

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-०४
  • |
  • 2065 पटक हेरिएको

हाइलाइट्स

  • एन्फा महासचिव इन्द्रमान तुलाधरले यू २३ टिमको प्रशिक्षकको टुंगो अर्को साता लाग्ने र यसमा बालगोपाल र अब्दुल्लाह मध्ये एक हुने बताए ।
  • तर टेक्निकल कमिटीेले कसलाई जिम्मा दिने भन्ने टुंगो लगाउने बताए । 

आसन्न एएफसी यू-२३ एशियन कप छनौटका लागि नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी कसले पाउने भन्ने टुंगो चाँडै लाग्नेछ । यसका लागि एन्फाले दुई वटा विकल्प बनाएको छ ।

उज्वेकिस्तानमा हुने प्रतियोगिताका लागि नेपाली टिमको प्रशिक्षकमा बालगोपाल महर्जनलाई दिने संभावना उच्च रहेको छ । यसका लागि एन्फाले आन्तरीक तयारी गरेर मौखिक जानकारी बालगोपाललाई दिइसकेपनि पत्र भने दिन बाँकी रहेको छ । तर अर्को बिकल्पमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि राखिएको छ । 

अर्को साता एन्फाले यू-२३ टिमको प्रशिक्षकको टुंगो लगाउनेछ । नेपाली फुटबल टिमले हात पारेका पछिल्ला सफलतामा प्रशिक्षक रहेका बालगोपालकै प्रशिक्षणमा टिमले घरेलु मैदानमा थ्री नेशन्सको उपाधि जितेको थियो । यसक साथै उनले नेपाल सुपर लिगमा काठमाडौं रेजर्सलाई पनि च्याम्पियन बनाएका थिए । 

एन्फा महासचिव इन्द्रमान तुलाधरले यू २३ टिमको प्रशिक्षकको टुंगो अर्को साता लाग्ने र यसमा बालगोपाल र अब्दुल्लाहको नाम रहेको बताए । तर टेक्निकल कमिटीेले कसलाई जिम्मा दिने भन्ने टुंगो लगाउने बताए । 

अब्दुल्लाह आउनु अगाडी बालगोपालले नै नेपाली टिमको प्रशिक्षण हेरेका थिए । उनलाई अब यू २३ टिमको जिम्मेवारी दिने प्रबल संभावना रहेको छ । एएफसी यू-२३ एशियन कप छनौटमा नेपाल समुह बी मा रहेको छ । एएफसीले सार्वजनिक गरेको ड्र मा नेपाल समु बीमा परेको हो । जसमा नेपालसँगै ताजिकिस्तान, लेबना र इरान रहेका छन ।

प्रतियोगिता अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । नेपालले समुह चरणको पहिलो खेल इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग आमनेसामने हुँदा समुहको अन्तिम खेल लेबनानसँग खेल्नेछ ।यो प्रतियोगिताका लागि नेपाली टिमको तयारी कहिले हुने भन्ने विषयमा पनि एन्फाले निर्णय गरेको छैन ।

हाल राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका खेलाडीमा केहि दिन अगाडी १४ खेलाडी बाहिर राखिएको छ । हाल क्याम्पमा रहेका कम उमेरका र बाहिर रहेका खेलाडीलाई यू-२३ टिमको क्याम्पमा राखिने संभावना पनि छ । 

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

 

भर्खरै

Advertisement