Mega Bank
Prabhu Bank

नेपालको जर्सी लगाउने सपना बोकेका अपरिचित खेलाडी मोहन लिम्बु (भिडियो कुराकानी)

हङकङको दोस्रो डिभिजन खेलिरहेपनि नेपालबाट खेल्ने चाहनामा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-०४
  • |
  • 6150 पटक हेरिएको

हाइलाइट्स

  • केहि समयअघि पोर्चुगल र स्पेनमा समेत प्रशिक्षण लिएका मोहन विङगर र मिडफिल्डर दुवै पोजिसनमा आफूलाई सहज ठान्छन् ।
  • मोहनले नेपालको उमेरसमूहदेखि सिनियर टोलीसम्म खेल्ने सपना देखेका छन् । तर त्यसका लागि अहिलेसम्म बाटो पहिल्याउन सकेका छैनन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीको बेन्च स्ट्रेन्थ राम्रो बनाउन विदेशमा बसेर फुटबल खेलिरहेका नेपालीहरु पहिचान गरी अवसर दिने नीति लिएको छ ।

मनिष डाँगी, स्यान्सु भुसालजस्ता युवाहरु एन्फाको यही नीतिबाट पहिचान भएका खेलाडी हुन् । उनीहरु अहिले नेपालमा फुटबल खेलिरहेका छन् र राष्ट्रिय टोलीमा स्थान बनाउन प्रयासरत छन् ।

मनिष र स्यान्सूजस्तै विदेशी भूमिमा बसेर व्यवसायिक फुटबलमा अगाडि बढ्दै गरेका एकजना युवा खेलाडी छन्, मोहन लिम्बु । हङकङमा उज्वलको नामबाटसमेत चिनिने मोहन त्यहाँको दोस्रो डिभिजनबाट फुटबल खेलिरहेका छन् ।

केहि समयअघि पोर्चुगल र स्पेनमा समेत प्रशिक्षण लिएका मोहन विङगर र मिडफिल्डर दुवै पोजिसनमा आफूलाई सहज ठान्छन् । मोहनले नेपालको उमेरसमूहदेखि सिनियर टोलीसम्म खेल्ने सपना देखेका छन् । तर त्यसका लागि अहिलेसम्म बाटो पहिल्याउन सकेका छैनन् ।

छोराको यही चाहना पूरा गर्नका लागि बाबु शम्भु र आमा जमुना पनि अहिले नेपालमै छन् । केहि समयअघि कोरोना भाइरस संक्रमणपछि निधन भएका विल गुरुङसँग हङकङमा प्रशिक्षण पाएका मोहनलाई उनैले नेपाली फुटबलमा चिनाइदिने बताएका थिए ।

उनैको निधन भएपछि उनीहरुले कसैसँग कुरा गर्न भेउ पाएका छैनन् । उनै मोहनसँग हङकङमा फुटबल खेलाडी बन्न गरेको संघर्ष,परिवारको सहयोग, व्यवसायिकता र राष्ट्रिय टोलीबाट खेल्ने सपनाबारे हामीले कुराकानी गरेका छौं । 

हेराै माेहन र उनका बुवाआमासँगको कुराकानी

भर्खरै

Advertisement