यो बर्ष एएफसी अवार्ड रद्द, अर्को कार्यक्रम २०२३ मा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०४
  • |
  • 1027 पटक हेरिएको

हाइलाइट्स


  • एएफसीले यो बर्षको बार्षिक अवार्ड कार्यक्रम दोहामा गर्ने योजना थियो ।

एशियन फुटबल महासंघले कोरोना भाइरसको प्रभावलाई मध्यनजर गरेर २०२१ को एएफसी बार्षिक अवार्ड कार्यक्रम रद्द गरेको छ । 

एएफसीले यो बर्षको बार्षिक अवार्ड कार्यक्रम दोहामा गर्ने योजना थियो ।

तर कोरोनाको असर कायमै रहेकाले यो बर्षका लागि अवार्ड नहुने भएको हो । 

कोरोनाको असर एशियामा अझ बढि भएको र यस्तो अवस्थामा भिडभाड हुने कार्यक्रम गर्न उचित नभएको भन्दै कार्यक्रम रद्द भएको हो । 

एएफसीको कार्यकारी समितीले सोमबार नोभेम्बरमा हुने भनिएको अवार्ड कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

यसका साथै कतार फुटबल संघले नै २०२२ को एएफसी अवार्ड गर्नेछ । तर यो अवार्ड २०२३ मा हुनेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey