ओलम्पिकमा बिच भलिबल खेल्ने चेकका खेलाडीमा कोरोना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०४
  • |
  • 816 पटक हेरिएको

हाइलाइट्स


  • टोकियोको ओलम्पिक भिलेजमा पुगेर कोरोना परिक्षण गर्दा ओन्द्रेज पेरुसिकको रिपोर्ट पोजेटिभ आएको छ । 

टोकियो ओलम्पिक खेल्न पुगेका विदेशी खेलाडी र अफिसियलमा एकपछि अर्कोगरि कोरोना पोजेटिभ देखिरहेको छ ।

पछिल्लो पटक चेक गणतन्त्रका बिच भलिबल खेलाडीमा पनि कोरोना पोजेटिभ देखिएको छ । 

टोकियोको ओलम्पिक भिलेजमा पुगेर कोरोना परिक्षण गर्दा ओन्द्रेज पेरुसिकको रिपोर्ट पोजेटिभ आएको छ । 

सोमबार उनको रिपोर्ट पोजेटिभ आएको र आइसोलेसनमा बसेको बताइएको छ ।

शनिबार मात्र चेक टिमका स्टाफ मेम्बरमा पनि कोभिड देखिएको थियो । प्रागबाट चार्टड विमानमा टोकियो पुगेका चेक टिममा कसरी पोजेटिभ देखियो भन्नेमा आश्चार्य लागेको टिमले बताएको छ । 

२६ बर्षे बिच भलिबल खेलाडी ओन्द्रेजले जुलाई २६ मा आफ्नो पहिलो खेल खेल्ने तालिका थियो । तर अब आइसोलेसनमा बस्नुपर्ने भएकाले उनले सो खेल गुमाउने संभावना रहेको छ । 

विश्वमा नै महामारीको रुप लिएको कोभिडका कारण ओलम्पिक एक बर्ष सरेको थियो । 

तर जुलाई २३ बाट सुरु हुने प्रतियोगितामा सहभागि हुन पुगेका विदेशी खेलाडीमा एकपछि अर्को गरेर पोजेटिभ देखिएपछि आयोजकलाई चिन्ता थपेको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal