ग्राण्ड प्रिक्स जितेपछि ह्यामिल्टनमाथि अनलाइन दुर्व्यवहार

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०४
  • |
  • 509 पटक हेरिएको

हाइलाइट्स

  • इन्स्टाग्रामले पनि ह्यामिल्टनमाथि भएको  दुर्व्यवहारका कमेन्टहरु हजारौँ संख्यामा डिलिट गरिएकोे बताएकोे छ ।

आइतबार ब्रिटिस ग्राण्ड प्रिक्सको उपाधि जितेका लेविस ह्यामिल्टनमाथि अनलाइन  दुर्व्यवहार भएको छ । 


उनले आफ्ना प्रतिश्पर्धी म्याक्स भर्स्ट्यापिनसँग ठोकिएपछि १० सेकेण्डको पेनल्टी मौका पाएका थिए । जसमा उनले जित हासिल गरे । 

मार्सेडिस,एफ वान र एफआइएले उनीमाथि भएको अनलाइन  दुर्व्यवहारको निन्दा गर्दै संयुक्त वक्तव्य निकालेका छन् । 

‘ति मानिसहरुलाई हाम्रो सुन्दर खेलमा ठाउँ छैन,फर्मुला वान,एफआइए,ड्रइभरहरु र टिम त्यस्तो कार्यकोे घोर निन्दा गर्दछ, हामीले त्यस्तो कार्य फुटबलमा मात्र देखेका थियौँ तर आज यो हाम्रो खेलमा पनि भएको छ यो पक्कै स्विकार्य छैन’वक्तव्यमा भनिएको छ ।
 
इन्स्टाग्रामले पनि ह्यामिल्टनमाथि भएको  दुर्व्यवहारका कमेन्टहरु हजारौँ संख्यामा डिलिट गरिएकोे बताएकोे छ ।

म्याक्ससँग ठोकिएपछि ह्यामिल्टन चौथो स्थानमा पुगेका थिए तर ७ पटकको विश्व च्याम्पियन ह्यामिल्टनले फेरारीका चार्लेस लेक्लेर्सलाई पछि पार्दै उपाधि जित्न सफल भए ।
 
युरोकपको फाइनलपछि इंग्लयाण्डका खेलाडीहरुमाथि पनि यस्तै घटना भएको थियो जसमा ट्विटरले हजारभन्दा धेरै अकाउण्ट बन्द गरिदिएकोे जनाएको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey