रियल मड्रिडमा रामोसको ४ नम्बर जर्सिमाथि कसले गर्ला दाबी ?

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०४
  • |
  • 1732 पटक हेरिएको

स्पेनिश क्लब रियल मड्रिडका पूर्व कप्तान तथा यस दशककै उत्कृष्ट डिफेन्डर सेर्जियो रामोस स्पेनबाट फ्रान्सेली क्लब पीएसजीमा अनुबन्ध भएका छन् । तर उनको छायाँ भने अझै बेर्नाबेउमा छाइरहेकोे छ । 

जब रामोस १६ वर्ष अघि सान्टिएगो बेर्नाबेउमा आएका थिए उनले जर्सि नम्बर ४ पाएका थिए जुन फेर्नान्डो हिएरोले लगाउने गर्दथे । 

हिएरोको नम्बर लगाएका रामोसले उनको अभावलाई पुरा गर्नु थियो र उनले आफुलाई रियलको एक सफल कप्तानको रुपमा प्रमाणित गरिदिए । तर यसबेला रामोसको नम्बर ४ माथि कुनै खेलाडीले दाबि गरेका छैनन् । 

 

यस्तै स्पेनको राष्ट्रिय टिममा पनि रामोसले एन्टोनियो पुएर्टाको सम्मानस्वरुप नम्बर १५ लगाएका थिए जुन नम्बर २०२० युरोमा कुनै पनि खेलाडीले लगाउने आँट गरेनन् । कारण रामोसप्रति टिमको सम्मान थियो । इन्ज्युरीका कारण रमोसले यस संस्करणको युरो गुमाएका थिए । 

 

रियलमा जर्सि नम्बर ४ लाई सम्मानपूर्वक हेरिने गरिन्छ किनकी रामोसभन्दा पहिले हिएरो,पिर्री,उली स्टीलाइक,रिकार्डो रोचा र राफेल अल्कोर्टाले उक्त नम्बर लगाउने गर्दथे । जुन खेलाडीहरु रियल मड्रिडको इतिहासमा उत्कृष्ट खेलाडीको रुपमा गनिन्छन् । 

रामोसको आर्मब्यण्डमा भने ब्राजिलियन मार्सेलोले दाबि गरिसकेका छन् र पूर्व उपकप्तान मार्सेले अब रियल मड्रिडको कप्तान हुनेछन् । त्यस्तै फ्रान्सेली बेन्जेमा उप कप्तानको रुपमा रहनेछन् ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey