Mega Bank

इंग्ल्याण्डसँग पाकिस्तान ४५ रनले पराजित

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०४-०३
  • |
  • 259 पटक हेरिएको

पाकिस्तानविरुद्धको दोस्रो टी २० मा इंग्ल्याण्ड ४५ रनले विजयी भएको छ । योसँगै तीन टी २० मा इंग्ल्याण्डले एक एकको बराबरीमा ल्याएको छ । पहिलो खेलमा इंग्ल्याण्ड ३१ रनले पराजित भएको थियो ।  

उप सिरिजको छिनोफानो तेस्रो खेलबाट मात्रै हुने भएको छ । इंग्ल्याण्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५५ रन बनायो ।

पाकिस्तानका लागि सदाव खानले नटआउट ३६ रन बनाउँदा मोहम्मद रिजवानले ३७ रन जोडेका थिए । बाबर आजमले २२ रन बनाए ।

इंग्ल्याण्डका लागि सकिब महमुदले तीन विकेट लिँदा अदिल रसिदले २ विकेट लिए । पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरको एक बल बाँकी छँदै सवै विकेट गुमाएर २०० रन बनाएको थियो ।

उसका लागि जोस बटलरले ५९ रन बनाउँदा  लियाम लिभिङ स्टोनले ३८ तथा मोइन अलीले ३६ रनको योगदान गरेका थिए ।
पाकिस्तानका मोहम्मद हस्नीनले सर्वाधिक तीन विकेट लिँदा इमाद ओसिम र हेरिस रौफले समान दुई दुई विकेट लिए ।

भर्खरै

Advertisement