दक्षिण अफ्रिकी रग्बी टिमका प्रशिक्षक पावेललाई पनि कोरोना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०३
  • |
  • 458 पटक हेरिएको

हाइलाइट्स


  • पावेल जापान पुगेपछि कोरोना संक्रमित भएका हुन । उनी हाल कागासिमामा आइसोलेसनमा बसेका छन । 

टोकियो ओलम्पिकका लागि जापान पुगेका दक्षिण अफ्रिकी रग्बी टिमका प्रशिक्षक निल पावेललाई कोरोना पोजेटिभ देखिएको छ ।

ओलम्पिकका लागि पुगेका खेलाडी र अफिसियलमा कोरोना देखिने उनी चौथो ब्यक्ति बनेका छन । 

पावेल जापान पुगेपछि कोरोना संक्रमित भएका हुन । उनी हाल कागासिमामा आइसोलेसनमा बसेका छन । 

आइतबार विहानमात्र ओलम्पिक भिलेजमा रहेका दक्षिण अफ्रिकी दुई फुटबल खेलाडी र अफिसियलमा कोरोना देखिएको थियो ।

उसका डिफेन्डर थाबिसो मोनयानी र विंगर कामोहिलो मालास्तिलाई कोरोना देखिएको थियो । 

दक्षिण अफ्रिकी टिमका मेडिकल प्रमुख डाक्टर फाटो जोन्डीले आफ्नो टिममा कोभिड संक्रमण देखिनु आश्चार्यको कुरा रहेको बताएका छन ।

उनले आफ्नो टिमले सबै प्रोटोकललाई पालना गर्दापनि ओलम्पिक भिलेजमा पुग्दा कोभिड हुँदा अचम्ममा परेको बताए । 

दक्षिण अफ्रिकी टिमले जापान उड्नु अगाडी दुई साता आइसोलेसनमा बसेर सबै परिक्षण गरेर आएको बताए ।

तर रग्वी टिमका प्रशिक्षकलाई पनि पोजेटिभ देखिएपछि टिमलाई दबाव बढेको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal