स्विट्जरल्याण्ड, ताजिकिस्तान र मंगोलिया आइसीसीकाे नयाँ एसोसियट सदस्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०३
  • |
  • 1132 पटक हेरिएको

हाइलाइट्स


  • तीन देशले नयाँ सदस्यता पाएपछि विश्वमा कुल एक सय ६ देश आइसीसीको सदस्य राष्ट्र बनेका छन ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले थप तीन देशलाई आफ्नो सदस्य राष्ट्र बनाएको छ ।

आइसीसीको कार्यसमितीको बैठकले स्विट्जरल्याण्ड, ताजिकिस्तान र मंगोलियालाई नयाँ एसोसियट सदस्यता दिएको छ । 

तीन देशले नयाँ सदस्यता पाएपछि विश्वमा कुल एक सय ६ देश आइसीसीको सदस्य राष्ट्र बनेका छन ।

मंगोलिया क्रिकेट संघ सन् २००७ मा स्थापना भएको थियो । तर उसले आइसीसीको सदस्यता बल्ल पाएको हो । 

यस्तै स्विट्जरल्याण्डमा क्रिकेट संघको स्थापना १८ को दशकमा भएपनि उसले आइसीसीको सदस्यता बल्ल पाएको हो । 

नयाँ सदस्य राष्ट्रले अब देशमा क्रिकेट विकाश र पुर्वाधार निर्माणमा जोड दिनुपर्नेछ ।

यसका साथै युवा खेलाडी उत्पादनमा पनि उसले ध्यान दिनुपर्नेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey