साफ जित्नुपर्छ भनेर खेलाडीमाथि दबावको पहाड खडा नगरौं : प्रशिक्षक अब्दुल्लाह

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०३
  • |
  • 8899 पटक हेरिएको

हाइलाइट्स

  • अब्दुल्लाहले नेप्लेजसँगको अन्तरवार्तामा भने– जब मैले पहिलो पटक पत्रकार सम्मेलनमा नेपालले सुन्दर फुटबल खेल्न भनेर भनेको थिए, त्यो बेला त्यहाँ रहेका अधिकांश पत्रकार हाँसेका थिए ।
  •  तर के अहिले नेपाली फुटबल परिवर्तनको बाटोमा छैन र, उनले नेपाली फुटबल टिममा मिडियाले नै दरार ल्याउने काम गरेको समेत आरोप लगाए ।
  •  खेलाडीको तुलना गर्दा उनीहरुविच केहि फाटो ल्याउन खोजिएको, तर त्यो म कहिलेपनि हुन नदिने बताए । 

विश्व फुटबल महासंघ फिफा र एशियन फुटबल महासंघले कुनैपनि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक प्रो लाइसेन्स हुनुपर्ने नियम बनाएपछि अखिल नेपाल फुटबल संघ एन्फाले कतार फुटबल संघको सहयोगमा पहिलो पटक कुवेती पूर्व खेलाडी अब्दुल्लाह अल्मुताइरीलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । 

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकका रुपमा आएको जिम्मेवारी निभाउनका लागि अब्दुल्लाहले दरिलो पूर्व तयारी गरेका थिए । उनले नेपाली  फुटबलका बारेमा राम्रोसँग अध्ययन गरेर आएका थिए । अप्रिल चार तारिखमा एन्फाले अब्दुल्लाहलाई नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक भनेर उनलाई सार्वजनिक गर्दा उनको पहिलो भनाई थियो, अब नेपालले सुन्दर फुटबल खेल्नेछ भनेर । हुनपनि नेपाली टिमले पछिल्ला दुई वटा अन्तराष्ट्रिय प्रतियोगितामा सोचेको भन्दा राम्रो प्रदर्शन गर्यो । 

अब्दुल्लाहले नेप्लेजसँगको अन्तरवार्तामा भने– जब मैले पहिलो पटक पत्रकार सम्मेलनमा नेपालले सुन्दर फुटबल खेल्न भनेर भनेको थिए, त्यो बेला त्यहाँ रहेका अधिकांश पत्रकार हाँसेका थिए । तर के अहिले नेपाली फुटबल परिवर्तनको बाटोमा छैन र, उनले नेपाली फुटबल टिममा मिडियाले नै दरार ल्याउने काम गरेको समेत आरोप लगाए । खेलाडीको तुलना गर्दा उनीहरुविच केहि फाटो ल्याउन खोजिएको, तर त्यो म कहिलेपनि हुन नदिने बताए । 

प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाहले आफु नेपाली टिमसँग रहेपनि नरहेपनि सधै सबैले सम्झिने बताए । साथै उनले यदि आफुलाई अहिले नै तिमी जाउँ भनेको खण्डमा नेपाली टिम छोड्न तयार रहेको तर के आफु पछिको प्रशिक्षकले नेपाली टिमलाई परिवर्तनको बाटोमा अगाडी बढाउछ, भन्ने ठूलो प्रश्न रहेको बताए । 

यतिमात्र होइन, उनले नेपाली समर्थकसँग आफु जोडिनुको कारणबारेमा पनि प्रष्ट पारे । उनले यदि पदाधिकारी र मिडिया तिम्रो विपरित छन भने समर्थकसँग नजिक हुनुपर्छ, उनीहरुले नै नेपाली टिमलाई बचाउछ । 

प्रशिक्षक अब्दुल्लाहले आफुलाई असफल बनाउन अझैपनि केहि पक्षहरु लागिपरेको, तर त्यसको जवाफ टिमको प्रदर्शनबाट दिने बताए । साथै उनले अहिले नै नेपालले साफ च्याम्पियनसिप जित्छ भनेर दबाव नदिन आग्रह गरे । त्यसैले उनले नेपालले साफ जित्न नसक्ने र साफ जित्नुपर्छ भनेर कसैले दबाव दिनु उचित नभएको धारणा राखे । 

जबसम्म नेपालमा हुन्छ, आफु नेपाली फुटबलका लागि २४ घण्टा काम गर्ने, तर जब आफु बाहिर जान्छु, त्यसपछि आउने प्रशिक्षकले अहिलेको टिमलाई सम्हाल्न सक्छ की सक्दैन भन्ने पनि प्रश्न रहेको उनको भनाई छ । अहिले युवा खेलाडीलाई मौका नदिएमा भविष्यमा कसरी नेपाली टिम बलियो बन्छ भन्नेमा पनि उनले चिन्ता ब्यक्त गरे । 

अब्दुल्लाहले नेपाली टिमलाई कुन तरिकाले अगाडी लिने भन्ने दुई बर्षको योजना आफुसँग रहेको तर त्यसलाई कार्यान्वयन कुन तरिकाले गर्ने र खेलाडीको मानसिकतालाई कसरी बलियो बनाउने भन्ने मुख्य चुनौती रहेको बताए । साथै खेलाडी बन्ने वितिक्कै लामो समय प्रशिक्षण गराएर मात्र राम्रो हुने भन्ने होइन, आफुले मात्र ९० मिनेट खेलाडीलाई प्रशिक्षण गराउने गरेको र बाँकी पढाउने गरेको बताए । 

यतिमात्र होइन, सोसियल रुपमा पनि नेपालीसँग जोडिन खोजेका अब्दुल्लाहले अहिले आफु नेपालमा रहेको र आफु नेपाली नै भएर फुटबललाई सोचिरहेको न की कुवेती भएर, अहिलेसम्म आफुले गर्न खोजेको योजनामा सफल हुँदै आएपनि अझै धेरै काम गर्न बाँकी रहेको बताए । 

हेरौं अब्दुल्लाह अल्मुताइरीसँगको विशेष कुराकानी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey