सोमपाल कामीलाई चितवन टाईगर्सकाे कप्तानकाे जिम्मेवारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०३
  • |
  • 1434 पटक हेरिएको

हाइलाइट्स

  • चितवन टाईगर्सले नेपाली तिब्र गतिका बलर सोमपाल कामीलाई कप्तानको जिम्मेवारी 
  • यसअघि सोमपाल काठमाण्डौं  किंग्स ११ बाट खेलेका थिए

चितवन टाईगर्सले नेपाली तिब्र गतिका बलर सोमपाल कामीलाई कप्तानको जिम्मेवारी दिएको छ । आगामी सिजनको इपीएलका लागि चितवनले उनलाई कप्तानको जिम्मेवारी दिएको हो । 

यसअघि सोमपाल काठमाण्डौं  किंग्स ११ बाट खेलेका थिए । सोमपालले आबुदावी टि १० लिग, क्यानडाको ग्लोबल टि–२० लिग पनि खेलेका छन् । सोमपालले हालै काठमाण्डौ्रमा सम्पन्न त्रिदेशिय टि–२० सिरिजमा आफ्नो अन्तराष्ट्रिय टि–२० मा एक सय विकेट लिइसकेका छन् । 

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । गत वर्षको विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।

कोरोनाको महामारीले गर्दा यसपाली इपीएल आगामि सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म काठमाण्डौ्रको त्रि.वि क्रिकेट मैदानमा हुँदै छ ।

No description available.

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey