बैठक माग गर्दै एन्फाको मुख्यालयमा पत्र दर्ता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०३
  • |
  • 956 पटक हेरिएको


अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रिय कार्यकारिणी समितिको बैठक माग गर्दै चार जनाले पत्र बुझाएका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष कृष्णबहादुर थापा, उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य दावा लामाले एन्फा मुख्यालय सातदोवाटो पुगि पत्र बुझाएका हुन् । उनीहरुले महासचिव इन्दमान तुलाधरलाई पत्र हस्तान्तरण गरेका छन् ।

यसअघि केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै जेठ ३० गते पत्र पठाएकोमा अहिलेसम्म बैठक नबोलाइएपछि पुनः पत्र पठाइएको जनाइएको छ ।

एन्फामा आइतबार दर्ता भएकाे पत्र ।

No description available.

जेठ ३० गते पनि बैठक माग गर्दै पत्र पठाइएकाे थियाे ।

No description available.

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey