ओलम्पिक तयारीमा रहेकी एथ्लेटिक्स प्रशिक्षक मल्ललाई कोरोना संक्रमण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०३
  • |
  • 756 पटक हेरिएको

काठमाडौं । आसन्न टोकियो ओलम्पिकको तयारीमा रहेकी एथ्लेटिक्स प्रशिक्षक इन्द्राकुमारी मल्ललाई कोरोना संक्रमण देखिएको छ । 
टोकियो ओलम्पिकका लागि एथ्लेटिक्स टोली जुलाइ २५ मा टोकियो प्रस्थान गर्ने कार्यक्रम थियो ।

त्यही अनुसार एक सातासम्म कोरोना परीक्षण गर्नुपर्नेमा हिजो पहिलो दिन नै कोरोना संक्रमण पुष्टि भएको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । 

उनीसँगै परीक्षण गराएकी खेलाडी सरस्वती चौधरीको भने नेगेटिभ रिपोर्ट आएको छ । यद्यपि उनी सिधा कन्ट्र्याक ट्रेसिङमा परेकी छन् । लगातार सात दिनसम्म परीक्षणको नतिजा नेगेटिभ आएमा उनी भने जापान जानेछिन् ।

सरस्वतीले ओलम्पिकमा १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । एथ्लेटिक्स संघले ओलम्पिकका लागि सुरुमा गोपीचन्द्र पार्कीको नाम पठाए पनि म्याराथन कोटामा धेरै आवेदन परेपछि उनको नाम काटेर सरस्वतीलाई पठाउने निर्णय भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey