खेलाडीमाथि रंगभेदी टिप्पणीपछि जर्मनको ओलम्पिक टिमले मैदान छाडे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०३
  • |
  • 1279 पटक हेरिएको

नेप्लेज, जर्मन ओलम्पिक फुटबल टिमले होन्डुरस विरुद्धको मैत्रीपुर्ण खेलको दौरान आफ्ना खेलाडीमाथि रंगभेदी टिप्प्णी भएपछि दोश्रो हाफको खेल शुरु हुनुभन्दा ५ मिनेट अगाडि मैदान छाडे । 

आफ्ना खेलाडी जोर्डन टोनरिगामाथि रंगभेदी टिप्पणी भएको भन्दै जर्मन ओलम्पिक फुटबल टिमका प्रशिक्षक स्टेफन कुन्टले मैदान छाड्न आफ्ना खेलाडीलाई निर्देशन दिएको सञ्चारमाध्यमले बताएका छन् । 

एक एक गोलको बराबरीमा रहेकोे खेलको दोश्रो हाफ शुरु हुनै लाग्दा आफ्ना खेलाडीमाथि उक्त व्यवहार भएको जर्मन टिमले ट्विटरमार्फत जानकारी दिएको छ ।

अनुसन्धानबाट होन्डुरसका एक खेलाडीले रंगभेदी टिप्पणी गरेको देखिएको छ । आधुनिक फुटबलमा रंगभेदी घटनाहरु केही हदसम्म बढेकोे देखिन्छ । जसको शिकार काला समुदायका खेलाडीहरु ह्ने गर्दछन् ।  

यसभन्दा अघि युरोकपको फाइनलमा पेनाल्टी गुमाएपछि इंग्ल्याण्डका खेलाडीहरु जाडोन सान्चो,रास्फोर्ड र बुकायो साकामाथि पनि रंगभेदी टिप्पणी भएका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey