युगान्डाका भगौडा खेलाडीकाे नाेट-'म जापानमा काम गर्न चाहन्छु'

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०२
  • |
  • 1609 पटक हेरिएको

हाइलाइट्स


  • उनले आफु बस्ने कोठामा एउटा नोट छोडेर गएका छन । जसका उनले आफु जापानमा नै बस्न चाहेको उल्लेख गरेका छन । 

टोकियो ओलम्पिक खेल्न पुगेका युगान्डाका युवा भारत्तोलन खेलाडी शुक्रबारबाट गायब भएपछि यतिबेला उनको ब्यापक खोजि भइरहेको छ ।

तर उनले आफु बस्ने कोठामा एउटा नोट छोडेर गएका छन । जसका उनले आफु जापानमा नै बस्न चाहेको उल्लेख गरेका छन । 

अर्को साताबाट सुरु हुने ओलम्पिकका लागि जापान पुगेका भारत्तोलन खेलाडी जुलियुस शुक्रबार कोभिडको परिक्षणका लागि नआएपछि उनी भागेको थाहा भएको थियो ।

उनी बस्ने कोठामा खानतलासी गर्दा उनले एउटा नोट खेलेर छोडेको पाइएको छ । 

जसमा उनले आफु जापानमा नै बसेर भविष्य बनाउन चाहेको उल्लेख गरेका छन । उनले युगान्डामा बस्न कठिन भएको समेत बताएका छन ।

२० बर्षे जुलियुस ओसाका नजिकै रहेको प्रशिक्षण स्थलमा तयारी गरिरहेका थिए । 

उनी टोकियो ओलम्पिक खेल्न नपाउने भएपछि यहि मंगलबार युगान्डा फर्किने तालिका थियो । तर उनले त्यहाँ नजिक रहेको ट्रेन स्टेसनमा नागोयाको टिकट काटेको देखिएको छ । 

एक महिना अगाडी जापान पुगेको युगान्डाको टिमका दुई जनामा कोरोना देखिएपछि केहि तनाव भएको थियो । तर अहिले फेरी उनी भाग्दा झन तनाव बढेको छ । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey