चोरीपछि भेटियो हजार युरो पर्ने इनिइस्टाको जर्सि !

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०२
  • |
  • 900 पटक हेरिएको

नेप्लेज, स्पेनिश राष्ट्रिय टिमका पूर्व कप्तान आन्द्रेश इनिइस्टाको जर्सि चोरिपछि भेटिएको छ । करिब १००० युरो मुल्य पर्ने जर्सि स्पेनको एक सपिङ मलबाट चोरी भएको थियो । 

गत सोमबार उक्त जर्सि स्पेनको एक मलबाट चोरी भएको स्पेनिश प्रहरिले जनाएको छ । जर्सि चोरी गर्ने ५८ वर्षिय एक पुरुषलाई पनि स्पेनिश प्रहरिले नियन्त्रणमा लिएको बताइएको छ । 

सञ्चारमाध्यमका अनुसार उक्त मलमा अन्य खेलाडीहरुको पनि हस्ताक्षर अंकित जर्सिहरु रहेका थिए । इनिइस्टा स्पेनको फुटबल इतिहासमा एक महत्वपुर्ण खेलाडीका रुपमा रहेका छन् । उनले स्पेनलाई  विश्वकपको उपाधिसमेत दिलाएका छन् । 

बार्सिलोनाका लागि खेल्दै आएका उनी २०१८ मा जापनिज क्लब भिसेल कोबीमा अनुबन्ध भएका हुन् । उनले कोबीको साथमा पनि थुप्रै उपाधि जितिसकेका छन् ।  

उनले आफ्नो करियरमा ३५ उपाधि जितेका छन् । जसका कारण पनि उनी स्पेनिश फुटबलका लागि एक महान खेलाडीका रुपमा रहेका छन् ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey