Mega Bank

दक्षिण अफ्रिकाका क्विन्टन डी ककले बनाएका रेकर्डहरु

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०४-०२
  • |
  • 279 पटक हेरिएको

दक्षिण अफ्रिकाका विकेट किपर ब्याट्सम्यान क्विन्टन डी ककले आयरल्याण्डविरुद्ध तेस्रो एक दिवसीय क्रिकेटमा  १२२ रनको पारि खेले । उनले १० हजार रन पुरा गरेका छन् ।

उनलाई १० हजार रन पुरा गर्न १२० रनको आवश्यकता रहेको थियो । समग्रमा डी ककले ९१ बलमा १२२ रनको पारि खेलेका थिए । यो सँगै विकेट किपरको रुपमा सबैभन्दा कम उमेरमा १० हजार अन्तर्राष्ट्रिय करियरमा १० हजार रन पुरा गर्ने रेकर्ड बनाएका हुन् ।

यो रेकर्ड यसअघि भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीको नाममा थियो । उनी पनि विकेटकिपर ब्याट्सम्यान हुन् । धोनीले ३० बर्ष ९९ दिनमा १० हजार रन पुरा गरेका थिए । तर, डी ककले २८ बर्ष २११ दिनमा यो रेकर्ड बनाए । आयरल्याण्डविरुद्धको खेलमा मलान र डी ककले पहिलो विकेटका लागि २२५ रनको साझेदारी गर्दै बलियो सुरुवात गरेका थिए ।

जसमा दक्षिण अफ्रिका ७० रनले विजयी पनि भयो र सिरिज एक एक को बराबरीमा  टुंगियो । यसैगरी डी ककपले सर्वाधिक छिटो १६ औं शतक पनि पुरा गर्ने विकेटकिपर बनेका छन् । डी ककले १२४ पारिमा १६ एक दिवसीय शतक बनाएका हुन् ।

एक दिवसीय क्रिकेटमा छिटो १६ औं शतक बनाउने खेलाडीको सूचीमा भने दक्षिण अफ्रिकाकै हसिम अमला रहेका छन् । अमलाले ९४ पारिमा यो रेकर्ड कायम गरेका थिए । यसैगरी डेविड वार्नर र विराट कोहलीले १६ औं शतक प्रहार गर्दा ११० पारि खेलेका थिए । यसैगरी आरोन फिन्चले ११६ पारि खेलेका थिए ।

यस्तै, डी कक सर्वाधिक शतक बनाउने दोस्रो विकेट किपर पनि बनेका छन् । पहिलो स्थानमा श्रीलंकका पूर्व विकेटकिपर ब्याट्सम्यान कुमार सांगकारा रहेका छन् । सांगकाराले २३ शतक बनाएका थिए । यसैगरी एडम गिलक्रिष्ट र डी कक समान १६–१६ शतकका साथ दोस्रो स्थानमा छन् । एबी डिविलियर्स, महेन्द्र सिंह धोनी र शाइ होप विकेट किपरको रुपमा १०–१० शतक बनाउन सफल भएका छन् ।

डी कक दक्षिण अफ्रिकाका लागि सर्वाधिक एक दिवसीय शतक बनाउने खेलाडीको पाँचौं स्थानमा पनि पुगेका छन् । सर्वाधिक शतक बनाउँदै हासिम अमला शीर्ष स्थानमा  छन् । उनले २७ शतक बनाएका छन् । यसैगरी डिविलियर्स २५, हर्सल गिब्सले २१, ज्याक कालिसले १७ एक दिवसीय शतक बनाएका छन् । 
 

भर्खरै

Advertisement