अस्ट्रेलियाविरुद्धको अन्तिम टी २०मा वेस्टइन्डिज विजयी

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०२
  • |
  • 1013 पटक हेरिएको

अस्ट्रेलियाविरुद्धको पाँचौं टी २० मा  वेस्टइन्डिज विजयी भएको छ । यो सँगै वेस्टइन्डिजले ४–१ ले सिरिज पनि कव्जामा लिएको छ । शनिबार विहान सकिएको खेलमा वेस्टइन्डिजले दिएको २०० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ९ विकेट गुमाएर १८३ रनमा रोकिएको थियो । जसमा वेस्टइन्डिज १६ रनको जित निकाल्न सफल भयो ।


पहिला व्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाएर १९९ रन बनाएको थियो । उसका लािग इभन लेविसले सर्वाधिक ७९ रन बनाउँदा ३४ बल फेस गरेका थिए । उनले आफ्नो पारिमा ९ छक्का र चार चौका प्रहार गरे ।

निकोलस पुरनले ३१ रन बनाउँदा क्रिस गेल र लिन्ड्ले सिमोनले समान २१–२१ रनको योगदान गरे । 

अस्ट्रलियाका लागि एन्ड्रयू टाइले तीन विकेट लिँदा मिचेल मार्स र एडम जाम्पाले समान दुई दुई विकेट लिएका थिए । जवाफी ब्याटिङमा अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३४ रन बनाएका थिए ।

मिचेल मार्सले ३० रन बनाउँदा म्याथ्यू वेडले २६ रन जोडे ।
वेस्टइन्डिजका सेल्डन कोट्रेल र एन्ड्रयू रसेलले समान तीन तीन विकेट लिएका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey