लिभिङस्टाेनकाे शतक खेर, पहिलाे टी २० मा पाकिस्तान विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०२
  • |
  • 830 पटक हेरिएको

इंग्ल्याण्डविरुद्धको पहिलो टी २० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । तीन म्याचको एक दिवसीय सिरिजमा क्लीनस्वीप भएको पाकिस्तानले तीन टी-२० मा भने १–० को अग्रतासहित केही राहत महसुस गरेको छ । पाकिस्तान ३१ रनले विजयी भएको हो ।


नटिङघममा गएराति भएको खेलमा पाकिस्तानले इंग्ल्याण्डविरुद्ध निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २३२ रनको विशाल योगफल तयार पारेको थियो ।

पहिला व्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ८५ रन बनाउँदा मोहम्मद रिजवानले ६३ रनको योगदान गरे । आजम र रिजवानले पहिलो विकेटका लागि १५० रनको साझेदारी गर्दै पाकिस्तानलाई बलियो शुरुवात दिलाएका थिए ।

फकर जमाले २६ रन बनाउँदा मोहम्मद हफिजले २४ रन बनाएका थिए । टम करनले दुई विकेट लिए । 

जवाफी ब्याटिङमा इंग्ल्याण्डले निर्धारित ओभर सकिन चार बल बाँकी छँदै सवै विकेट गुमाएर २०१ रन बनायो । इंग्ल्याण्डका लागि लियाम लिभिङ स्टोनले शतकीय पारि खेलेका थिए । उनले ४३ बलमा १०३ रनको पारि खेल्दा इंग्ल्याण्डको जितको आशा कायमै रहेको थियो । उनी इंग्ल्याण्डका लागि टी २० मा सर्वाधिक छिटो शतक बनाउने खेलाडी पनि बनेका छन् । 

जोशन रोयले ३२ रन बनाउँदा इयोन मोगएन र डेभिड विलीले समान १६–१६ रन बनाए । पाकिस्तानका सहेन सा अफ्रिदी र सदाव खानले समान तीन तीन विकेट लिएका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey