Mega Bank

दक्षिण अफ्रिकासँग आएरल्याण्ड ९० रनले पराजित, सिरिज बराबरीमा 

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०४-०१
  • |
  • 331 पटक हेरिएको

हाइलाइट्स

  • South Africa : 346/4
  • Ireland (47.1/50 ov, target 347) 276
  • South Africa won by 70 runs

दक्षिण अफ्रिका र आएरल्याण्डबीचको एक दिवसीय सिरिज बराबरीमा टुंगीएको छ ।

तीन म्याचको सिरिजमा दुवै टिमले एक एक खेल जित्दा एक खेल बर्षाका कारण प्रभावित भएको थियो ।

पहिलो खेल बर्षाले प्रभावित भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकामाथि ४३ रनको सनसनीपूर्ण जित निकाल्दै आएरल्याण्डले सिरिजमा अग्रता लिएको थियो ।

तेस्रो तथा अन्तिम एक दिवसीयमा शुक्रबार राति दक्षिण अफ्रिकाले ७० रनले जित निकाल्दै सिरिज एक एकको बराबरीमा टुंगायो । अफ्रिकाले बनाएको ३४६ रनको जवाफी ब्याटिङमा आएरल्याण्डले ४७.१ ओभर खेल्दै २७६ रन बनायो ।

उसका लागि सिमि सिंहले नटआउट शतकीय पारि खेलेका थिए । क्रुटिस कमफेरले ५४ रन बनाउँदा हेरि टेक्टोरले २९ रनको योगदान गरे । दक्षिण अफ्रिकाका तबरिज सम्सी र एन्ड्ले फुलकाओले समान तीन तीन विकेट लिँदा केशव महाराजले दुई विकेट हात पारे ।

त्यसअघि पहिला ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३४६  रनको विशाल योगफल तयार पारेको थियो । दक्षिण अफ्रिकाले पहिलो विकेटका लािग २२५ रनको साझेदारी गरेको थियो ।  जानेमन मलानले नटआउट १७७ रन बनाउँदा क्विन्टन डी ककले १२० रनको शतकीय पारि खेलको थिए । आएरल्याण्डका जोस लिटलले २ विकेट लिए ।

भर्खरै

Advertisement