सकिबले कीर्तिमान बनाएको खेलमा बंगलादेशको जिम्बावेमाथि भारी जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०१
  • |
  • 1070 पटक हेरिएको

हाइलाइट्स

जिम्बावेको पारीलाई ध्वस्त पार्न सकिव अल हसनले पाँच विकेट लिए । यो सँगै उनी बंगलादेशका लागि तीनै फरम्याटमा धेरै विकेट लिने पहिलो खेलाडी बनेका छन ।

जिम्बावेविरुद्धको पहिलो एकदिवसिय खेलमा बंगलादेशले एक सय ५५ रनको भारी अन्तरको जित निकालको छ । 

टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७६ रन बनायो ।

उसका लागि ओपनिङ ब्याट्सम्यान लिटन दासले शतकीय पारी खेले । उनले १ सय १४ बलमा आठ चौकाको मद्दतमा १ सय २ रन बनाए ।

त्यस्तै, अफिफ हुसेनले ४५, महमुदुल्लाले ३३, मेहिदीहसन मिराजले २६ र सकिब-अल-हसन, मोहम्मदमिथुनले १९-१९ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा ल्यूक जोन्गवेले तीन, रिचर्डन गारावा, ब्लेसिङ मुजाराबानीले दुई–दुई र चेन्दाई चतराले एक विकेट हात पारे ।

जवाफमा जिम्बावे २८ ओभर पाँच बलमा मात्र एक सय २१ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

जसमा रेगिस चाकाभाले सर्वाधिक ५४ रन बनाए भने कप्तान ब्रान्डन टेलरले २४ रनको योगदान गरे । बाँकी खेलाडी सस्तैमा पेभेलियन फर्किए । 

जिम्बावेको पारीलाई ध्वस्त पार्न सकिव अल हसनले पाँच विकेट लिए । यो सँगै उनी बंगलादेशका लागि तीनै फरम्याटमा धेरै विकेट लिने पहिलो खेलाडी बनेका छन ।

उनले एकदिवसियमा दुई सय ७४ विकेट लिएका छन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey