दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ३ सय ४७ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०१
  • |
  • 895 पटक हेरिएको

हाइलाइट्स

टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४६ रन बनायो ।

तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ३ सय ४७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४६ रन बनायो । उसका लागि जान्नेमान मलान र क्विन्टन डिककले शतकीय पारी खेले । मलानले १६९ बलमा १६ चौका र ६ छक्कासहित अविजित १७६ रन बनाए ।

एकदिवसीय क्रिकेटमा उनको यो उत्कृष्ट ब्याटिङ हो । यसअघि यो प्रारूपमा उनको उच्च स्कोर अविजित १२५ रन थियो । त्यस्तै, डिककले ९१ बलमा पाँच छक्का र ११ चौकासहित १२० रन बनाए । वानडेमा उनको यो १६औँ शतक हो ।

त्यस्तै, रस्सीवानदर दुसेन ३०, हेनरिक क्लोसन तीन, एन्डिले फेहलक्वायो ६ रनमा आउट हुँदा कप्तान तेम्बा बवुमा तीन रनमा अविजित रहे ।

बलिङमा जोश लिटलले दुई, सिमी सिंह र क्रेग योङले एक, एक विकेट लिए । तीन खेलको सिरिजमा घरेलु टोली आयरल्याण्डले १-० को अग्रता बनाएको छ । दोस्रो खेलमा उसले दक्षिण अफ्रिकालाई ५४ रनले हराएको थियो ।

यी दुई टोलीबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey