एक महिना अगाडी बोर्डको कारवाहीमा परेका राजापाक्षे श्रीलंकन टिममा फिर्ता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०१
  • |
  • 1143 पटक हेरिएको

हाइलाइट्स

अघिल्लो महिनामात्र बोर्डले उनलाई बोर्डको सम्झौता तोडेको भन्दै जरिवाना लगाएको थियो । 

भारतविरुद्धको टी २० र एकदिवसिय सिरिजका लागि श्रीलंका क्रिकेट बोर्डले भानुका राजापक्क्षलाई टिममा बोलाएको छ ।

अघिल्लो महिनामात्र बोर्डले उनलाई बोर्डको सम्झौता तोडेको भन्दै जरिवाना लगाएको थियो । 

जुलाई १८ बाट सुरु हुने भारतविरुद्धको सिरिज अगाडी भानुकालाई २५ खेलाडीको टिममा राखेको छ ।

यस्तै डेब्यु खेलाडी लहिरु उदारा र अलराउण्डर इशान जयरत्नेलाई पनि टिममा बोलाएको छ । 

यस्तै चोटमुक्त भएका लहिरु कुमारा र कसुन रजिथलाई पनि टिममा राखेको छ ।

श्रीलंका टिमका अनुभवी खेलाडी कुशल मण्डिस, निरोसन किडवेला, कुशल परेरा, धनुष्का गुनथिकालाले भारतविरुद्धको सिरिज गुमाउने भएका छन । 

भारतविरुद्धको सिरिजका लागि परेराको स्थानमा डसुन सनाकाले टिमको कप्तानी गर्ने भएका छन । यस्तै धनन्जय डी सिल्भालाई उपकप्तानको जिम्मेवारी दिएको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal