Mega Bank
Prabhu Bank

भलिबलको अर्को प्रतियोगिताको तयारीमा फेरी अहिले कै १८ खेलाडी क्याम्पमा राखिने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-०१
  • |
  • 395 पटक हेरिएको

एभिसी एशियन महिला भलिबल च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली टिमलाई आयोजक फिलिपिन्सले कोभिडको कारण देखाएर सहभािगता नगराउने भएपछि नेपाली टिमको बन्द प्रशिक्षण अर्को सूचना नहुँदासम्मका लागि शनिबारबाट नै स्थगित भएको छ । 

नेपाल भलिबल संघले अब निकट भविष्यमा नै कुनैपनि अन्तराष्ट्रिय प्रतियोगिता भएको खण्डमा अहिले क्याम्पका रहेका १८ जनालाई फेरी बोलाउने गरेर प्रशिक्षण रद्द गरेको छ । 

नेपाल र भारतमा कोरोनाको दोस्रो लहर जारी रहेका बेला फिलिपिन्सले दुबै देशलाई रेड जोनमा राखेर सहभागि नगराउने निर्णय गरेको हो ।

भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले अब भविष्यमा कुनैपनि विदेशी प्रतियोगिताको तयारी गर्दा अहिले क्याम्पमा रहेका १८ खेलाडीलाई बोलाउने गरेर प्रशिक्षण रोकेको बताए । 

साथै उनले यो बर्ष क्यालेन्डरमा कुनैपनि अन्तराष्ट्रिय प्रतियोगिता नभएको र विचमा एउटा प्रतियोगिता गर्ने की भन्ने छलफल भइरहेको बताए । 

एशियन च्याम्पियनसिपका लागि महिला टिमले एक महिना प्रशिक्षण गरेको थियो । जसमा सुरुवातमा ३० खेलाडी प्रशिक्षणमा बोलाएपनि नेपाल पुलिस क्लवले तीन खेलाडीलाई रिलिज गरेको थिएन । 

प्रशिक्षक जगदिश भट्टले दोस्रो चरणमा १८ खेलाडी छनौट गरेका थिए । तर प्रतियोगिता आउन एक महिनाको समय बाँकी हुँदा नेपालले खेल्न नपाउने भएको छ । 

भर्खरै

Advertisement