टोकियो ओलम्पिकमा कोरोनाको खतरा शुन्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०१
  • |
  • 952 पटक हेरिएको

हाइलाइट्स

त्यसपछि आइओसीका अध्यक्ष थोमस बाखले टोकियो ओलम्पिकमा भाग लिन आउने खेलाडी र पदाधिकारीबाट भाइरस सर्ने खतरा नरहेको प्रतिकृया दिएका हुन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले, खेलाडी र एथ्लिटबाट जापानी नागरिकलाई कोरोना भाइरस सर्ने खतरा शुन्य रहेको बताएको छ । 

टोकियोमा, ६ महिना यताकै उच्च संख्यामा कोरोना भाइरस संक्रमित भएका थिए ।

त्यसपछि आइओसीका अध्यक्ष थोमस बाखले टोकियो ओलम्पिकमा भाग लिन आउने खेलाडी र पदाधिकारीबाट भाइरस सर्ने खतरा नरहेको प्रतिकृया दिएका हुन् ।

उनले एथ्लिट र अन्य सहभागी ८ हजार भन्दा बढी पटक कोरोना भाइरस परिक्षण बाट गुज्रिने जानकारी गराए ।

टोकियो पुगेपछि पोजेटिभ भएका पदाधिकारी र खेलाडी आइसोलेनसमा रहने र कोभिडको अत्यन्त कडा मापदन्ड भएकाले ढुक्क हुन बाखले नागरिकलाइ आग्रह गरेका छन ।

गत बुधबार यता टोकियोमा संक्रमण दर बढीरहेको छ । हिजो एक हजार तीन सय ८ जनामा भाइरस पुष्टि भएको थियो ।

भाइरस सर्न दिनकै लागि अहिले टोकियोमा आपतकाल  लगाइएको छ । ओलम्पिकका सवै खेल दर्शक विना गरिनेछन । ओलम्पिक २३ जुलाईबाट सुरु हुनेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey