नेपालमा कुनै विदेशी लिग आयोजना हुँदैछैन : क्यान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०१
  • |
  • 1796 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले नेपालमा कुनै पनि विदेशी फ्रेन्चाइजी लिग आयोजना नहुने प्रष्ट पारेको छ ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यमहरुमा विदेशी लिग आयोजना हुन लागेका खबरहरु सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् ।

क्यानले अहिले कुनै पनि विदेशी लिगका लागि अनुमति नदिएको प्रष्ट पार्दै भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेको छ ।

संघको अनुमतिविना देशभर आयोजना गरिने कुनै पनि क्रिकेट प्रतियोगिताहरुमा संघ मातहतका प्रदेश एवं जिल्ला क्रिकेट संघहरु, खेलाडीहरु, पदाधिकारीहरु, प्राविधिक अफिसियलहरु र खेलाडीहरु पदाधिकारीहरु प्राविधिक अफिसियलहरु र अन्य क्रिकेट सम्बद्ध व्यक्तिहरू वा संस्थाहरूलाई संलग्नता नजनाउन पनि विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey