टोकियो ओलम्पिकका लागि आज १० सदस्यीय टोली जापान जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०१
  • |
  • 1411 पटक हेरिएको

हाइलाइट्स

  • नेपालबाट चार खेलमा पाँच खेलाडीले सहभागिता जनाउँदैछन् ।

टोकियो ओलम्पिकमा सहभागी हुने सेभ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

नेपालबाट चार खेलमा पाँच खेलाडीले सहभागिता जनाउँदैछन् । पौडीका खेलाडीहरु गौरिका सिंह र एलेक्जेन्डर शाह यसअघि नै जापान पुगिसकेका छन् । आज जापान जाने टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शितलनिवासमा बिदाई गरेकी थिइन् । 

सदस्यसचिव सिलवालको नेतृत्वमा आज सुटिङ र जुडोको टिमसहित १० जनाको टोली जानेछ ।

त्यसपछि १९ तारिखमा अर्को टिम जानेछ । जसमा ओलम्पिकका अध्यक्ष, महासचिवसहित खेलकुद मन्त्रालयका सचिव रहेका छन् । 

एथ्लेटिक्सको टिम भने जुलाई २५ मा जानेछ । ओलम्पिक जाने सूचीमा रहेका २६ जनामा तेज गुरुङ नजाने भएका छन् । 

यसपटकको ओलम्पिकमा नेपालबाट सहभागि खेलाडीमा गौरिकाले महिला १०० सय मिटर फ्रि स्टाइल र एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

कल्पनाले महिला १० मिटर एयर राइफल, सानियाले महिला ४८ केजी तौल समूह तथा सरस्वतिले महिला १०० मिटर दौडमा देशको प्रतिनिधित्व गर्नेछिन् ।

प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् ।
 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey