Mega Bank

पन्तलाई कोरोना पोजेटिभ भएको बीसीसीआईका सचिवले समेत खेलाडीलाई भनेनन् !

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-३१
  • |
  • 635 पटक हेरिएको

हाइलाइट्स

बुधबार भारतीय टिमका एक सपोर्ट स्टाफलाई कोरोना पोजेटिभ देखिएको थियो । सपोर्ट स्टाफसँगै कोचिङ टिमका सिनियर स्टाफ, सिनियर खेलाडी र रिजर्भ खेलाडीलाई १० दिनको क्वारेन्टिनमा बस्न भनेको छ । 

इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय टिमका खेलाडी रिसब पन्तलाई कोरोना संक्रमण देखिएपछि टिमका अरु चार जनालाई १० दिनको क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ । 

बुधबार भारतीय टिमका एक सपोर्ट स्टाफलाई कोरोना पोजेटिभ देखिएको थियो । सपोर्ट स्टाफसँगै कोचिङ टिमका सिनियर स्टाफ, सिनियर खेलाडी र रिजर्भ खेलाडीलाई १० दिनको क्वारेन्टिनमा बस्न भनेको छ । 

इंग्ल्याण्डविरुद्धको पाँच टेष्टको तयारीमा रहेको भारतीय टिममा कोरोना देखिएपछि केहि धक्का लागेको छ । रिसब पन्तलाई पोजेटिभ देखिएपछि नै टिमलाई धक्का लागेको थियो । 

इंग्ल्याण्डको पब्लिक हेल्थका अनुसार पोजेटिभ आउने ब्यक्तिको नजिकको सम्पर्कमा रहेका ब्यक्तिलाई पनि १० दिनको आइसोलेसनमा बस्नुपर्ने नियम छ । 

यस्तै परिवारसँग इंग्ल्याण्ड पुगेका प्रशिक्षक टिमका सिनियरमा पर्नेको पछिल्लो पटक परिक्षण गरिएको छ । पन्तको जुलाई १० मा कोरोना पोजेटिभ देखिएको र अब जुलाई २० मा उनको अन्तिम परिक्षण हुनेछ । यस्तै अवस्था क्लोज कन्ट्याक्टमा रहेका ब्यक्तिमा पनि लागु हुनेछ । 

पन्तलाई कोरोना पोजेटिभ आएको कुरा टिमका सबै सदस्यलाई थाहा नभएको र बीसीसीआईका सचिवले सबै खेलाडीलाई कोभिडको सावधानी अपनाउन भनेर इमेल गर्दा पन्तलाई पोजेटिभ आएको बताएका थिएनन् । 

भर्खरै

Advertisement