राष्ट्रिय फुटबल टिमको अनाथ बालबालिकालाई सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३१
  • |
  • 1075 पटक हेरिएको

हाइलाइट्स

ललितपुरको सैबुमा रहेको सो अनाथालयलाई राष्ट्रिय टिमका खेलाडीको सहयोगमा दुई वटा प्रोजेक्टर सहयोग गरिएको छ । 

नेपाली राष्ट्रिय फुटबल टिमले अनाथ बालबालिकालाई आश्रय दिँदै आएको द अनाथालयलाई सहयोग गरेको छ । 

ललितपुरको सैबुमा रहेको सो अनाथालयलाई राष्ट्रिय टिमका खेलाडीको सहयोगमा दुई वटा प्रोजेक्टर सहयोग गरिएको छ । 

२२ जना अनाथले सो अनाथमा आश्रय लिइरहेका छन । राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङका साथै म्यानेजर मधुसुधन उपाध्याय र सहायक प्रशिक्षक किरण चेम्जोङले सो अनाथालयमा पुगेर सहयोग हस्तान्तरण गरेका हुन । 

टिमले अनाथ बालबालिकालाई पढ्न सहयोग होस भन्ने उद्देश्यले दुई वटा प्रोजेक्टर हस्तान्तरण गरेको हो ।

सो अनाथालयमा विभिन्न उमेर समुहको बालबालिका बस्दै आएका छन । जसका बसोबास देखि पढाईको जिम्मा त्यहि अनाथालयले गरिरहेको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey