चेल्सीले कीर्तिमानी रकममा युनाइटेडबाट जेम्सलाई भित्र्यायाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३१
  • |
  • 1131 पटक हेरिएको

हाइलाइट्स

चेल्सीले लउरेन जेम्सलाई साताको दुई लाख पाउण्ड तलवमा म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध गरेको छ । 

प्रिमियर लिगमा पुरुष खेलाडीको मात्र होइन महिला खेलाडीलाई पनि महंगो रकममा अनुबन्ध गर्ने क्रम जारी रहेको छ ।

यस्तैमा चेल्सीले लउरेन जेम्सलाई साताको दुई लाख पाउण्ड तलवमा म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध गरेको छ । 

चेल्सीले आफ्नो महिला टिमको इतिहासमा महंगो रकम तिरेर जेम्सलाई भित्र्याएको हो ।

म्यानचेस्टर युनाइटेडकी स्ट्राइकर जेम्सलाई चेल्सीले साताको दुई लाख पाउण्ड तलव दिने सर्तमा भित्र्याएको हो । 

इंग्ल्याण्ड तथा चेल्सीका डिफेन्डर रिचीकी बहिनी जेम्सले नयाँ प्रस्तावलाई स्विकार गरेर मेडिकलपनि गरेकी छिन । 

जेम्सले सन् २०१७ मा १६ बर्षको उमेरमा आर्सनलबाट युनाइटेडमा अनुबन्ध भएकी थिइन ।

उनी म्यानचेस्टरमा हुँदा क्लवका लागि मुख्य स्ट्राइकर रहेकी थिइन । 

उनले इंग्ल्याण्डको युथ स्तरमा पनि खेलेकी थिइन । सिनियर टिममा परेपनि उनले डेब्यु गर्न भने पाएकी छैनन् । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey