टोकियो ओलम्पिकका लागि जुडो र सुटिङको टिम भोली जाने, एथ्लेटिक्स जुलाई २५ मा उड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३१
  • |
  • 1341 पटक हेरिएको

हाइलाइट्स

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाउँदैछन । जसमा पौडीको टिम यसअघि नै जापान पुगेर प्रशिक्षण गरिरहेको छ । बाँकी खेलाडीमा जुडोकी सोनिया भट्ट र प्रशिक्षक शूर्य नारायण श्रेष्ठ तथा सुटिङकी कल्पना परियार र प्रशिक्षक असिम यादव शुक्रबार जानेछन । 

आसन्न टोकियो ओलम्पिकका लागि सुटिङ र जुडोको टिम भोली जापान प्रस्थान गर्ने भएको छ । उनीहरुसँगै सेफ दी मिसन रहेका रमेश सिलवाल र नेपाल ओलम्पिक कमिटीका कार्यकारी निर्देशक चतुरानन्द राजबैधपनि जानेछन । 

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाउँदैछन । जसमा पौडीको टिम यसअघि नै जापान पुगेर प्रशिक्षण गरिरहेको छ । बाँकी खेलाडीमा जुडोकी सोनिया भट्ट र प्रशिक्षक शूर्य नारायण श्रेष्ठ तथा सुटिङकी कल्पना परियार र प्रशिक्षक असिम यादव शुक्रबार जानेछन । 

यस्तै शुक्रबार जाने अरु पदाधिकारीमा तुलसी थापापनि रहेकी छिन । यो पटक ओलम्पिकमा जाने सूचीमा रहेका पदाधिकारीका तेजबहादुर गुरुङ नजाने संभावना रहेको बताइएको छ । 

यस्तै जुलाई १९ मा ओलम्पिकका लागि पदाधिकारीको दोस्रो टिम जानेछ । जसमा ओलम्पिकका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठसँगै राम अवाले, राखेपका सदस्य सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ लगायतका छन । 

ओलम्पिकका लागि एथ्लेटिक्सको टिम भने जुलाई २५ मा जानेछ । यसपटकको ओलम्पिकमा नेपालबाट सहभागि खेलाडीमा गौरिकाले महिला १०० सय मिटर फ्रि स्टाइल र एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

कल्पनाले महिला १० मिटर एयर राइफल, सानियाले महिला ४८ केजी तौल समूह तथा सरस्वतिले महिला १०० मिटर दौडमा देशको प्रतिनिधित्व गर्नेछिन् ।

प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् ।

जुलाई २३ बाट अगष्ट आठ तारिखसम्म हुने ओलम्पिकमा १५ हजार भन्दा बढि खेलाडीको सहभागिता हुनेछ । 

टोकियो ओलम्पिकमा अफिसियल यसप्रकार छन । 

जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, चतुरानन्द बैध, तेजबहादुर गुरुङ, सुनील कुमार श्रेष्ठ, पिताम्बर तिम्सिना, तुल्सी थापा, प्रकाश शमशेर राणा, राम अवाले छन । सूची हेर्दा ओलम्पिक कमिटीको कार्यसमितीमा रहेको अधिकांश ब्यक्ति जाने भएका छन । 

खेलकुद मन्त्रालयबाट सचिव केदार न्योपाने, राखेपबाट उपाध्यक्ष शिब कोइराला, सदस्यसचिव रमेश सिलवाल, सदस्य सुवास श्रेष्ठ, अर्का सदस्य सम्पन्न श्रेष्ठ छन । 

मेडिकल टिममा नबिस मान सिंह प्रधान छन भने नेपाली भोलेन्टियरमा रुपेश डंगोल परेका छन । स्टाफमा प्रेम बराल छन । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey